सुदूर नेपाललाई विश्वसँग जोड्दै

‘सिए पढेपछि साइन हानेकै पैसा पाइन्छ भन्ने कुरा गलत रहेछ’

२०७८ भदौ ३, ०४:५१ खबर संवाददाता

धनगढी: धनगढी निवासी चार्टर्ड एकाउन्टेन्ट उमेश घिमीरेसँग दिनेश एफएफका कार्यक्रम सञ्चालक पदमराज जोशीले कुराकानी गरेका छन्। कार्यक्रम प्रभात विमर्शको सम्पादित संक्षिप्त अंश यहाँ प्रस्तुत गरेका छौं।  

सिएको औपचारिक पढाई गरेर सक्काउनुभयो । कस्ता हुँदोरहेछ सुरु गर्दा र समापन गर्दाको अनुभुति ?
खुशी त हरेक चिज प्राप्त गर्दा हुन्छ। मैले पनि खुशी नै मनाए। दिल्लीबाट औपचारिक पढाई सकेर आएको छु। केही फरक अनुभूति छ। सिए पढेपछि त साइन हानेकै पैसा लिने हो भन्ने जो हामीलाई सानैदेखि सुनाइन्छ त्यो पनि रहेछ। फेरि पैसा नै नहुने भन्ने त होइन तर समय लाग्छ। म यसलाई पेन्सन जस्तो भन्छु। अहिले ग्राहक बनाउने र पछि जब दौडधुप गर्न सकिँदैन तब ब्यालेन्ससिट पढेको आधारमा पैसा पाउने भयो।  

सिएलाई एक दम ग्राह्रो विषयको रुपमा लिइन्छ । खासमा के हुने रहेछ ?
कुनै पनि विषय एकदम ग्राह्रो हुने, बुझ्नै नसकिने भन्ने हुँदैन। तर सिएमा कोर्षको स्लेबस एकदम ठुलो छ, जसले परीक्षामा त्यसलाई लेख्दा थोरै व्यवस्थापन कैशलताको आवश्यकता भने चाहिन्छ। कोर्ष पुरै बुझिएको छ तर परीक्षाको बेला रिभाइज गर्न नसक्दा राम्रो गर्न नसकिने हो।

कुनै विद्यार्थीले ५ वर्षको यो कोर्षलाई ५ वर्षमै पुरा गर्छन् तर एकदमै कम विद्यार्थी यस्तो हुन्छन्। यसमा तिन लेभल हुन्छन्। यदि एउटामा लेभलमा फेल भइयो भने त्यो लेभलका सबै विषयहरुको परीक्षा फेरि दिनुपर्छ। यसरी पास गर्न केही बढी वर्ष लाग्ला तर पास गर्नै नसकिने भन्ने त होइन। भनिने जति गाह्रो पनि छैन तर पल्लो घरकोले पढ्यो, अर्काेले  राम्रो गरेको छ, पैसा धेरै हुन्छ भनेर मात्रै गइयो र चासो कम छ भने पक्कै पनि गाह्रो हुन्छ।  धेरै वर्ष लाग्ने स्थिति आयो भने निराशा आउन सक्छ। दृढ संकल्पको साथ पढियो भने र सावधानी अपनाइयो भने पक्कै पनि सहज हुन्छ। 

सिए पढ्न चाहनेहरुलाई तपाई‌को सुझाव के हुन्छ ?
राम्रो मनस्थिति बनाएर जानुस्। नेपालको सवालमा देशमा बिस्तारै कारोबार बढ्दैछन्। स्कोप राम्रो हुनेछ। मेलै आफूले अनुभव गरे अनुुसार सुरुमा हामीलाई खतरा पढ्नुपर्छ। राम्रो गर्नुपर्छ भन्ने किसिमको हुन्छ। ५/६ महिना खुब मिहिनेत गर्ने र पछि बिस्तारै सेलाउँदै गइने हुन्छ। एक र दुई लेभल चाहिँ सहि तवरले पास गर्ने तर जब ट्रेनिङको समय आउँछ, तेस्रो तह आउँछ। तब विद्यार्थी बिस्तारै हराउने हुन्छन्। यहि लेभलमा लगभग ९५ प्रतिशत विद्यार्थी फेल हुन्छन्।

म आफै पनि एक दम किलिन भएर तेस्रो लेभलमा पुगे। अनि यस्तो अवस्था आयोकी मैले पढ्नुपर्छ भन्ने पनि भुले। कुनै बेला कतै, कुनै बेला कतैको प्रेसर। हरेक कुराले तेस्रो तहमा पुगेपछि छुन थाल्छ। यसैले मलाई पास गर्न थप दुई वर्ष लागेको थियो। सिए पढ्न चाहनेहरुलाई त्यो समयमा सावधानी अपनाउनु होला भन्छु। 

धनगढीमा नै कम्पनी खोल्नु भएको छ । किन धनगढी नै फर्किन मन लाग्यो ?
यहाँ म हुर्के र पढे। उतिखेर यस्तो स्थिति यहाँ थिएन। अहिले त धनगढी व्यावसायिक रुपमा सुदूरपश्चिमको मुटुनै भइसक्यो। अरु सिए यहाँ आउनुभन्दा पनि मलाई काम गर्न सहज हुनेछ। परिचय भएको ठाउँमा काम गर्दा सफल भइन्छ भन्ने विश्वास म भित्र छ। फेरि आफ्नो ठाँउमा केही गर्न पाए आनन्द महसुस हुनेछ। मान्छेका बुझाई बिस्तारै परिवर्तन हुँदैछन। व्यावसायिक व्यवस्थापनको महत्व बुझ्ने क्रममै छ। केही राम्रो गर्न यहाँ सहज र दिगो हुन्छ कि भनेर धनगढी नै फर्केको हुँ।  

कमेन्ट लोड गर्नुस