शिखर नगरपालिकाद्वारा मृतकका परिवार र घाइतेलाई सहयोग गर्ने घोषणा
डोटीको शिखर नगरपालिकाले डडेल्धुराको अमरगढी नगरपालिका–११ रडुवा खोलामा भएको दुर्घटनाका मृतकका परिवार र घाइतेहरुलाई राहत स्वरुप आर्थिक सहयोग गर्ने निर्णय गरेको छ। आज शिखर नगर कार्यपालिकाको वैठकले दुर्घटनामा परेका मध्ये शिखर नगरपालिका घर भएका मृतकका परिवारलाइ ३०÷३० हजार र घाइतेलाइ १५÷१५ हजार सहयोग गर्ने निर्णय गरेको शिखर नगरपालिकाका प्रमुख सिताराम जोशीले बताए। साथै नगरपालिकाले एक विज्ञप्ती जारी गर्दै शिखर नगरपालिका भित्रका सम्पूर्ण सरकारी तथा गैर सरकारी कार्यलय शोकमा बन्द गर्ने निर्णय गरेको छ। वस दुर्घटनामा १८ जनाको मृत्यु भएको थियो भने २७ जना घाइते भएका थिए। जस मध्य शिखर नगरपालीका घर भएका ९ जनाको मृत्यु भएको छ भने १४ जना घाइते भएका थिए।