सुदूर नेपाललाई विश्वसँग जोड्दै

ग्लोबल आइएमई बैंकको मूनाफा ४२ प्रतिशतले बढ्यो

२०७८ साउन ३२, ११:२४ खबर संवाददाता

काठमाडौं : दुई ठूला वाणिज्य बैंकहरु गाभिएर बनेको ग्लोबल आइएमई बैंकले गत आर्थिक वर्ष २०७७-७८ ४ अर्ब माथि मूनाफा कमाएको छ।

बैंकले गत वर्षको तुलनामा करिब ४२ प्रतिशतले मूनाफा बढाउँदै ४ अर्ब १२ करोड ६५ लाख १२ हजार रुपैयाँ खुद मूनाफा कमाएको हो।

यो भन्दा अघिल्लो वर्ष यस बैंकले २ अर्ब ९० करोड ८६ लाख ६४ हजार रुपैयाँ खुद नाफा कमाएको थियो। बैंकको सेयर पुँजी ४ प्रतिशतले बढेर २१ अर्ब ६३ करोड २५ लाख ३ हजार रुपैयाँ पुगेको छ।

खुद ब्याज आम्दानी ९.४७ प्रतिशतले बढाएको यस बैंकको निक्षेप २६.४३ प्रतिशत र कर्जा २०.२६ प्रतिशतले बढेको छ । बैंकको निस्कृय कर्जा पनि १.७६ बाट घटेर १.४२ प्रतिशतमा झरेको छ। बैंकको प्रति शेयर आम्दाी (ईपीएस) पनि बढेर १५.३३ रुपैयाबाट १९.०८ रुपैयाँमा पुगेको छ।
 

कमेन्ट लोड गर्नुस