सुदूर नेपाललाई विश्वसँग जोड्दै

डोटीका तीन बालिकालाई सेभ हाउसले पढाउने

२०७८ साउन ३२, ११:०९ रासस

डोटीः बाबु बितेर बिचल्लीमा परेका जिल्लाको सायल गाउँपालिका–२ सिर्मागाउँका गणेश ओलीका तीन जना छोरीलाई महिला तथा बालबालिका सेभ हाउस सिलगढीले पढाउने भएको छ। 

केही दिन पहिले गाउँ नजिकैको जङ्लमा घास काट्न गएका बेला गणेशको भीरबाट लडेर मृत्यु भएको थियो। 

घरमा कमाइ गर्ने एकमात्र अभिभावक बुबाको केही दिन पहिले लडेर मृत्यु भएपछि बिचल्लीमा परेका तीन जना बालिकाको पढाइदेखि अन्य खर्च बेहोर्ने निर्णय गरी उद्धार गरिएको महिला तथा बालबालिका सेभ हाउसका अध्यक्ष जानकी मलासीले बताए। 

कैलालीमा रहेको सेभ हाउसमा राखेर उनीहरुको पालनपोषणदेखि पढाइको व्यवस्था मिलाइएको स्थानीयवासी तेज डुम्रेलले बताए। 

उक्त संस्थाले सुदूरपश्चिम प्रदेशका नौवटै जिल्लामा रहेका अभिभावक गुमाएर बिचल्लीमा परेका, एकल तथा आर्थिक अवस्था कमजोर भएका परिवारका बालबालिकाको उद्धार गरी पढाउँदै आएको छ।
 

कमेन्ट लोड गर्नुस