सुदूर नेपाललाई विश्वसँग जोड्दै

गजलकार पल्लवी र कवि लोचनसँग विमर्श

२०७८ साउन ३१, ०४:५० खबर संवाददाता

धनगढी: गजलकार/गिली एकेडेमीकि भाइस पिन्सिपल तारा पल्लवी र कवि/विद्यार्थी लोचन जोशीसँग दिनेश एफएफका कार्यक्रम सञ्चालक पदमराज जोशीले कुराकानी गरेका छन्। कार्यक्रम प्रभात विमर्शको सम्पादित संक्षिप्त अंश यहाँ प्रस्तुत गरेका छौं। 

विद्यार्थीकालमा देखिने सपनाको विषयबाट प्रश्न राख्न सुरु गरौं ।  पल्लवीजिको सपना के थियो ?
हाम्रो समयमा त सपनाले त्यति खासै महत्व राख्दैन थियो। जे अगाडि आयो त्यहि गर्ने गरिन्थो। ममा सायद बुवाको गुण सरेको पनि हुनसक्छ, साहित्यमा पहिले देखि नै रुचि थियो। तर यो नै गरिहाल्छु भन्ने चाहिँ केही पनि थिएन। लोचनको उमेरमा कविता भने लेख्थे। मैले सबैभन्दा पहिला कक्षा ६ मा पढ्दा कविता लेखेको याद छ।

त्योबेला कविता प्रतियोगिता थियो। यो छन्दको कविता भनेर थाहा न पाएरै लेखेको कविता प्रथम भएको थियो। अहिले आएर थाहा भयो त्यो छन्दमै लेखिएको रहेछ। त्यतिखेर सपना भन्ने केही थिएन। जे देख्यो त्यहि बन्न मन लाग्ने तर जब १२ मा पढ्न थाले तब मेरो त खुबि त साहित्यमा रहेछ। शिक्षण पेसामा रहेछ भन्ने लाग्यो। र, म त्यहितिर अगाडि बढ्न थाले। फेरि पढाउनु पनि साहित्यकै पाटो रहेछ। बोल्न मन लाग्ने, नयाँ गर्न मन लाग्ने यी दुवै कुरा त अध्यापनमा पाइने रहेछ।

यहि प्रश्न लोचनलाई पनि, कस्तो सपना छ भविष्यको ?
म चाहिँ ४/५ मा पढ्दा देखि नै स्पष्ट छु। बुवालाई सानैदेखि काममा सघाउन थाले। यसै पनि म बुवासँग बढी हुन्छु। जसको कारणले केही काम सिकिसकेको छु। उहाँले गरेकै काम नै गर्ने सपना छ। वकालत पेशा प्रति उहाँलाई सहयोग गर्दा गर्दै मेरो पनि रुचि बढीरहेको छ।  साहित्य तिर भने रुचि बढेको त्यति धैरै भएको छैन।

थोरै पहिला पनि लेख्थे तर जब लकडाउन भयो तब आफुलाई खोज्न साधन खोज्न थाले। तब साहित्य प्रति झन मोह बढ्न थाल्यो। कविता त कल्पना गरेर आउने कुरा हो। जब लेख्न थाले तब ए म यत्तिसम्म पनि कल्पना गर्न सक्ने रहेछु लाग्यो र झन लेख्न थाले। छन्दमा भने अहिलेसम्म लेखेको छैन। सिक्दै छु बिस्तारै लेख्दै जाने भन्ने सोच छ।’ 

लोचनजिले देशभरिमा भएको कविता प्रतियोगिता जसमा युवा पुस्तामा चर्चित रहेका कवि नवराज पराजुली निर्णायक थिए, पहिलो स्थान हासिल गर्नुभयो । कसरी त्यो प्रतिस्पर्धामा भाग लिने सोच्नुभयो ?
नवराज पराजुलीको नाम सुनेरै प्रतियोगितामा भाग लिएको थिए। प्रथमको आशाले भन्दा पनि केही सिक्न पाइएला भनेर भाग लिएको थिए।

एक दिनको लागि मात्रै लोचन नै नवराज पराजुली भएको भए के गर्नुहुन्थो ?
अहिलेसम्म लेखेका सबै कविता वाचन गर्थे र सुरक्षित राख्थे।

लोचन पढ्ने स्कुलको भाइस प्रिन्सिपल र शिक्षिका भएको नाताले तपाईलार्ई सोधे लोचन कस्तो लाग्छ ?
उसलाई पढाउन थालेको २ वर्ष मात्रै भयो। क्ुरा गरेपछि फुर्ति लाए जस्तो हुन्छ तर उ अरु भन्दा एकदमै फरक छ। म बरु चन्चल छँु। उ भने यति गम्भिर र शालिन छ कि उ बाट मैले यी कुरा सिक्नुपर्छ जस्तोसम्म लाग्छ। आफनो सबै काम समयमा नै सक्ने। जे सोधे पनि आउने। स्कुल थोरै कम आउने तर नआएको दिनको कुरा सोधे पनि मेरो भन्दा राम्रो तरिकाले व्याख्या गरिदिने, उसको बानी छ। 

यहि कुरा लोचनजिलाई सोधे आफनो म्यामको कुन बानी ब्यहोरा एकै छिनमा बदलिन मिल्ने भए बद्लिहुन्थो ? 
नराम्रो त्यस्तो केही पनि छैन। सबै राम्रो नै छ। राम्रो के छ सोध्नुस धेरै नै भन्नसक्छु। 

स्कुलको कुरामा किन गिली एकेडेमी छान्नुपर्छ लाग्यो त लोचनलाई ?
सैद्धान्तिक ज्ञान सबै स्कुलले देलान तर त्यस बाहेकको बाह्र ज्ञान पनि विद्यार्थीलाई चाहिन्छ जुन गिली एकेडेमीले दिन्छ। यहि कारणले रोज्नुपर्छ। आफुले पनि त्यहि कारणले रोजेको हुँ। 

(अन्तरवार्ता दिनेश खबरको युट्युब च्यानलमा हेर्न सकिने छ।)

कमेन्ट लोड गर्नुस