मुलुकभर थप २६२४ जनामा कोरोना पुष्टि, २० जनाको मृत्यु
काठमाडौंः लकडाउनको मोडालिटी परिवर्तन भएसँगै नेपालमा पुनः दैनिक कोरोना संक्रमितको संख्या तीब्र रुपमा बढ्न थालेको छ। मुलुकभर पछिल्लो २४ घण्टामा २ हजार ६२४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।
स्वास्थ्य मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा १३ हजार ५७३ जनाको आरटी–पीसीआर र एन्टिजेन विधिबाट परीक्षण गर्दा २ हजार ६२४ जनामा कोरोना संक्रमण पुष्टि भएको हो।
मन्त्रालयका अनुसार ८ हजार ६६७ जनाको आरटी–पीसीआर विधिबाट परीक्षण गर्दा १ हजार ९४७ जना र ४ हजार ९०६ जनाको एन्टिजेन विधिबाट परीक्षण गर्दा ६ सय ७७ जनामा कोरोना संक्रमण पुष्टि भएको हो।
योसँगै नेपालमा कोरोना भाइरस संक्रमितको कुल संख्या ८ लाख ०५ हजार १९० पुगेको छ।
१३२० जना कोरोनामुक्त, २० को मृत्यु
कोरोना भाइरस ९कोभिड–१९० को संक्रमणबाट पछिल्लो २४ घण्टामा देशभर १ हजार ३२० जना निको भएर घर फर्किएका छन्। योसँगै नेपालमा कोरोना संक्रमणमुक्त हुनेहरुको संख्या ६ लाख ८० हजार ८१५ पुगेको छ।
पछिल्लो २४ घण्टामा देशभर १३ हजार ५७३ जनाको पीसीआर–एन्टिजेन परीक्षण हुँदा हालसम्म कुल ४१ लाख ४१ हजार ३१९ जनाको पीसीआर–एन्टिजेन परीक्षण भएको छ।
यसै गरी पछिल्लो २४ घण्टामा थप २० संक्रमितको मृत्यु भएको छ। हालसम्म नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १० हजार २५९ पुगेको छ।