पारसलाई देउवाले भनेः क्रिकेट किन छाड्नुभयो ?
काठमाडौंः प्रधानमन्त्री शेरबहादुर देउवा र राष्ट्रिय टिमका पूर्व कप्तान पारस खड्काबीच शनिबार भेटवार्ता भएको छ।
खड्काले १९ साउनमा अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यास लिएको घोषणा गरेपछि प्रधानमन्त्री देउवाले टेलिफोनमा सम्वाद गर्नुका साथै भेटको प्रस्ताव गरेका थिए। त्यसअनुसार नै शनिबार भेटवार्ता भएको पूर्व कप्तान खड्काले जानकारी दिए।
बालुवाटारमा भएको भेटमा देउवाले फोन सम्वादकै प्रश्न दोहोर्याए, ‘क्रिकेट किन छाड्नुभयो ? खड्काले भने यो व्यक्तिगत निर्णय भएको बताए। आफूले राष्ट्रिय टिमबाट देशका लागि गर्नसक्ने जत्ति गरिसकेकाले सन्यास लिने निर्णयमा पुगेको उनले बताए।
यस्तै प्रधानमन्त्री देउवाले पनि त्यसका लागि आफ्नो तर्फबाट सक्दो सहयोग गर्ने बताएका छन्।