बझाङका विद्यालयमा सेनेटरी प्याड मेसिन जडान
बझाङः बझाङको छविसपाथिभेरा गाउँपालिका–५ थलारास्थित थलारा माध्यमिक विद्यालयमा सेनेटरी प्याड मेसिन जडान गरिएको छ। महिनावारी भएको बेला विद्यालयका छात्रा तथा शिक्षिकाहरूलाई सजिलो होस् भनी मेसिन जडान गरिएको विद्यालयका शिक्षक झलक धामीले बताए।
मेसिनमा स्मार्ट कार्ड राखेमा सेनेटरी प्याड उपलब्ध हुने प्रविधि रहेको धामीले बताए। विद्यालयमा सेनेटरी प्याड मेसिन जडान भएपछि छात्राहरू पनि खुसी भएका छन्। यसअघि छविसपाथिभेरा गाउँपालिकाका बान्निचौर मावि, शान्ति मावि र जनप्रिय मावि बगडगाउँमा सेनेटरी प्याड मेसिन जडान गरिएको हो।