दार्चुलाको ४०५ हेक्टर जमिनमा पुग्यो सिँचाइ सुविधा
धनगढी: दार्चुलाको ४०५ हेक्टर जमिनमा सिँचाइ सुविधा पुगेको छ। जिल्लामा रहेको २२ हजार हेक्टर खेतीयोग्य जमिनमध्ये ४०५ हेक्टर जमिनमा बाह्रैमास सिँचाइ सुविधा पुगेको हो।
साना सिँचाई योजना अन्तरर्गत जिल्लाका ९ वटै स्थानीय तहका विभिन्न ठाउँमा एक वर्षको अवधिमा ३४ दशमलव ७ प्रतिशत जमिनमा बाह्रैमास सिँचाइ सुविधा पुर्याइएको कृषि ज्ञानकेन्द्र दार्चुलाले जनाएको छ। २२ हजार हेक्टर जमिनमै सिँचाइ पुर्याउने उद्देश्य कृषि ज्ञानकेन्द्रको रहेको छ।
ज्ञानकेन्द्रका अनुसार ४०५ हेक्टर जमिनमा सिँचाइ पुर्याउनका लागि १ करोड ५० लाख खर्च भएको छ। जिल्लाको कुल खेतीयोग्य जमिनमध्ये ७७.२६ प्रतिशतमा खेती गर्ने गरिएको छ। खेती गरिँदै आएको २२ हजार ८२५ हेक्टर जमिनमध्ये पाँच हजार ३६० हेक्टर जमिनमा मात्रै सिँचाइ सुविधा पुगेको ज्ञानकेन्द्रले जनाएको छ।