सुदूर नेपाललाई विश्वसँग जोड्दै

बाजुराका धेरैजसो बालबालिका बिरामी

२०७८ साउन २७, ०६:२३ खबर संवाददाता

बाजुरा: बाजुरामा ५ वर्ष मुनीका धेरैजसो बालबालिकाहरु बिरामी परेका छन्। साउन १५ गते हालसम्म ३७ जना बालबालिकालाई अस्पतालमा भर्ना गरेर उपचार गरेको जिल्ला अस्पताल बाजुराका प्रमुख डाक्टर प्रकाश जोशीले बताए। 

बुधबार पत्रकारहरुसँग कुरा गर्दै उनले सबै बालबालिकामा कोरोनाको जस्तै लक्षण देखिएको बताए। प्रायजसोमा ज्वरो आउने, स्वासप्रस्वासको समस्या हुने, झाडापखाला लाग्ने जस्ता लक्षण देखा परेको जिल्ला अस्पताल बाजुराका सूचना अधिकारी नृपराज गिरीले बताए।

भर्ना भएका ३७ बालबालिका मध्ये ३० जना निको भएर घर फर्किएको जिल्ला अस्पताल बाजुराले जनाएको छ। १ जनालाई भने अस्पतालमा उपचार सम्भव नभएर रेफर गरिएको बताइएको छ। 
 
 

कमेन्ट लोड गर्नुस