सुदूर नेपाललाई विश्वसँग जोड्दै

दार्चुलाको मालिकार्जुनमा बस दुर्घटना

२०७५ मंसिर ७, ०५:५८ नरेन्द्र कार्की

मालिकार्जुनबाट दार्चुला सदरमुकाम खलंगा आइरहेको म १ ख ४३६ नम्बरको बस दुर्घटना भएको छ। गएराती मालिकार्जुन मन्दिरको जात्रामा गएका भक्तजनहरुलाइ ल्याएर आइरहेको बस आज बिहान पौने पाँच बजे दुर्घटना भएको हो। दुर्घटनामा परी १७ जना घाइते भएको जिल्ला प्रहरी कार्यालय दार्चुलाले जनाएको छ। अहिलेसम्म उद्धार गरिएका १६ जना घाइतेलाई उपचारको लागि गोकुलेश्वर अस्पताल पठाइएको डिएसपी नवराज अधिकारीले बताए। बस सडकबाट तीन सय मिटर तल खसेको छ। बसमा कति जना सवार थिए भन्ने एकिन भएको छैन्। घट्नास्थलमा नेपाल प्रहरी, सशस्त्र प्रहरी,नेपाली सेना र स्थानीयले उद्धार गरिररहेका छन्।  गएराती मालिकार्जुन मन्दिरमा ठूलो जात्रा लागेको थियो। जात्रा सकाएर दार्चुला सदरमुकाम आउने क्रममा बस दुर्घटना भएको हो । घट्नाको पूर्ण विवरण आउन सकेको छैन्।
 

नरेन्द्र कार्की दिनेश खवरका दार्चुला संवाददाता हुन्।

कमेन्ट लोड गर्नुस