अहिलेको आधुनिक समाजमा बुद्धि
-बेद प्रकाश उपाध्याय
मानिसको अन्य जीवभन्दा बढी बुद्धि अंग थप भएको हुन्छ। मानिसको बुद्धि अन्य प्राणी भन्दा श्रेष्ठ रहेको छ। त्यो बुद्धि जसले मानवलाई पनि महामानव बनाएको पाइन्छ। ‘बुद्धिर्यस्य बलं तस्य’ अर्थात बुद्धि जसको छ त्यही बलवान् भनेर भनिएको पाइन्छ। के साँच्चै बुद्धिको प्रयोग हेर्ने हो भने विगतको र अहिलेको तुलना गर्ने हो भने पहिलेका मानवमा अहिंसा प्रेमी र भ्रातृत्वले उच्चतम स्थान भएको, को सत्कर्ममा छ वा छैन भनेर सजिलै छुट्याउन सक्थे।
बुद्धिको प्रयोग गर्नुपर्ने मैदानमा बलको प्रयोगले समाज कति शिष्ट बन्दै रहेछ। पैसाको रतन्धोले न रात खान दिन्छ न त दिन नै, जसरी एउटा भोको बाघ भोक लागेपछि मात्र सिकार गर्न जान्छ आफ्नो क्षुधा भरिसकेपछि केवल मनोरञ्जन र निद्रामै व्यतित गर्दछ। तर मानिस आफ्नो क्षुधा भरिसके पनि सबथोक जम्मा गर्न अघि बढिरहन्छ जबसम्म आफ्नो प्राण छ। बाघको जस्तो अलिकति पनि बुद्धिको प्रयोग विरलै मनुष्यले गर्ने गर्छन। जहाँ आफ्नो भोगको अन्त्य गरिसकेपछि खाना आदानप्रधान गर्ने गर्छ। त्यसमध्ये केहीले तिनीहरुको एकदमै कुभलो गर्ने रहेछन्।
बजारमा कसैको लागि राम्रो भन्नेलाई विश्वास गर्ने तर आफ्नै होस् वा नजिकको किन नहोस् गलत अर्थ लाग्ने गर्दछ। के साँच्चै मानिसले बुद्धिको प्रयोग गरेको छ र ? नेतालाई चुन्दा होस् या विहे गर्दा सहि विवेकको प्रयोग गरेको छ र ?
सबैका केही न केही कमजोरी हुन्छ त्यसलाई बजारको भाउमा तौल्नेलाई बढी बुद्धिको प्रयोग गरेको भन्न मिल्छ र ? बुद्धिको प्रयोग कता गर्ने कस्तो बेला प्रयोग गर्ने बारेमा धेरै ठाउँमा परिचर्चा चल्ने गर्छ। धेरै बुुद्धि लडाउन भन्छन् तर त्यही थोरै प्रयोग गरिएको पाइदैन। अहमता यति भएको छ लाग्छ सरकार नै ढल्छ कि।
बुद्धिमा पनि यी प्रत्यय लागेको हुन्छ तर कतिले घ्यू पनि निकाल्न सकेका छैनन । इन्द्रिय र मन भन्दा श्रेष्ठ बद्धि भएपनि त्यसको महानता कसले बुझेको छ। बुद्धि मापन गर्ने यन्त्र आएपछि मान्छेमा भएको बुद्धि पनि हराउँदै गएको छ। आजकल बुद्धिको कम प्रयोग गर्ने मानिसलाई बुद्धिजीवी भनिएको पाइन्छ। बुद्धि त तर हरायो भनेर खोज्न खोज्छन्। बिचरो बृद्धि चिन्ता गर्दै बसेको हुन्छ कति खेर मलाई खोज्ने हुन भनेर !
कतिले बुद्धि बंगारा नआएको कारण बुद्धिले ढिलो काम गरेको भनेर तर्क गर्छन्। कसैको बुद्धि नभएर गोबर गणेशको उपनाम दिन्छन् केही अल्प ज्ञानीहरुले। भगवद्गीताका अनुसार बुद्धि तिन प्रकारको रहेको छ। सात्विकी, राजसी र तामसी।
जुन बुद्धिले प्रवृति र निवृतिलाई कर्तव्य र अकर्तव्यलाई, भय र अभयलाई एवम् बन्धन र मोक्षलाई राम्ररी जान्दछ त्यो सात्विकी हो। जुन बुद्धिले धर्म र अधर्मलाई, कर्तव्य र अकर्तव्यलाई पनि ठीक ढङ्गले जान्दैन त्यो राजसी हो। जुन बुद्धिले धर्म र अधर्मलाई धर्म एवम् सबै सबै कुरालाई उल्टो मान्दछ त्यो तामसी बुद्धि हो।
बद्धि हुने मान्छे योग्य अरे। बुद्धि नभएकोलाई अयोग्य भनेर घोषणा गर्छन्। ठक्कर खाएपछि मात्र बुद्धि पलाउँछ भन्थे। बुद्धिको बारेमा बुझ्न त्यसको स्वरुप वा सिद्धान्त पढाइन्छ। कसरी र कस्तो अवस्थामा प्रयोग गर्नेबारे कहीँ पढाईदैन र भनिदैन। बुद्धि नभएकोलाई गधाको संज्ञा दिन्छन्।
त्यसै प्रसंगमा महाकवि देवकोटाले बुद्धि सम्बन्धी आलेखमा गधा बुद्धिमान् कि गुरु बुद्धिमान् भन्ने विषयमा गधा नै बुद्धिमान् भन्ने औलाएका छन्। त्यसपछि हुन्छ वादविवाद, जहाँ बलभन्दा बुद्धि ठूलो भन्ने कुरामा बहस हुुन थाल्छ। बहसको निष्कर्ष बुद्धिको सही प्रयोग गर्नाले बल काम लाग्ने रहेछ। बुद्धिको प्रयोग गनुपर्ने ठाउँ परिवेश अनुसार फरक भएपनि, कति के प्रयोग गर्न जान्नु भएन अनर्थ हुन वेर छैन।