सुदूर नेपाललाई विश्वसँग जोड्दै

अछाममा घाँस काट्ने क्रममा भालुको आक्रमण, एक जना घाइते

२०७८ साउन २६, ०८:१४ खबर संवाददाता

धनगढी: अछाममा भालुको आक्रमणबाट एक जना घाइते भएका छन्।

जिल्लाको मंगलसेन नगरपालिका -१ भट्टेका ५६ वर्षिया रतने राना घर नजिकै बारिमा घाँस काट्ने क्रममा भालुले आक्रमण गर्दा घाइते भएका वडा सदस्य पूर्ण बहादुर रानाले बताए।

उनको हात, खुट्टा र टाउकोमा गम्भीर चोट लागेको र जिल्ला अस्पताल मंगलसेनमा उपचार भइरहेको बताइएको छ।

कमेन्ट लोड गर्नुस