सुदूर नेपाललाई विश्वसँग जोड्दै

उपकुलपतिको अण्डकोषमा बिरालोले टोकेर मृत्युको हल्ला फैलाउनेको खोजतलास तीव्र

२०७८ साउन २४, ०४:१३ खबर संवाददाता

धनगढीः मध्यपश्चिमाञ्चल विश्वविद्यालयका उपकुलपतिको मृत्यु भएको भन्दै भ्रामक प्रचार गर्नेलाई प्रहरीले खोजी गरिरहेको जनाएको छ। विश्वविद्यालयको लेटरप्याडको दुरुपयोग गरेर उपकुलपतिको मृत्यु भएको समाचार फैलाएपछि उक्त व्यक्तिको खोजी तीव्र पारिएको हो।

नक्कली विज्ञप्तिमा भनिएको छ, ‘विश्वविद्यालयका उपकुलपति डा नन्दबहादुर सिंहको अण्डकोषमा बिरालोले टोकेका कारण प्रदेश अस्पताल लग्ने क्रममा मृत्यु भएको छ। हामी सबै विश्वविद्यालय प्रशासन साह्रै चिन्तित छौं। उपकुलपतिको दाहसंस्कार उहाँको जन्मस्थल कालिकोटमै गरिने भएको छ। उहाँ पुनर्जीवित भएर भोलि यस विषयमा पत्रकार सम्मेलन गर्न पनि सक्नुहुनेछ। मेरो दाहसंस्कार जुमबाट गर भनेर।’

निधन नभएका उपकुलपतिको निधन भयो भनिएको अनर्गल प्रचार गर्ने मान्छेको खोजतलास भइरहेको प्रहरीले जनाएको छ।

यसरी झुठो अफवाह फैलाउनेलाई कानुनबमोजिम कारबाही गर्न विश्वविद्यालयले माग गरेको छ।

कमेन्ट लोड गर्नुस