बाजुरामा दहमा डुबेर बेपत्ता भएका युवकको शव निकालियो
२०७८ साउन २४, ०८:५५
धनगढी: बाजुरामा दहमा डुबेर बेपत्ता भएका युवकको शव निकालिएको छ।
जिल्लाको त्रिवेणी नगरपालिका –७ स्थित धौलपुरी दहमा जमेको पानीमा डुबेका सोही ठाउँका अन्दाजी २६ वर्षीय नवीन ऐडीको शव निकालिएको प्रहरीले बताएको छ।
शव पोष्टमार्टमका लागि कैलाशमाण्डौँ स्वास्थ्य चौकी लैजाने तयारी भइरहेको जिल्ला प्रहरी कार्यालय बाजुराले जनाएको छ। शुक्रबार भैँसी चराउन गएका बेला दहमा डुबेर बेपत्ता भएका नवीनको शव शनिबार निकालिएको हो।
कमेन्ट लोड गर्नुस