उपाधिका लागि लिटिल फ्लावर र लिटिल बुद्ध भिड्ने
तेस्रो निष्ट लिटिल फ्लावर प्रिमियर लिग
धनगढीमा जारी तेस्रो निष्ट लिटिल फ्लावर प्रिमियर लिगको उपाधिका लागि लिटिल फ्लावर धनगढी र लिटिल बुद्ध महेन्द्रनगर भिड्ने भएका छन्। आज भएका सेमिफाईनलमा जित हात पार्दै दुवै टोली आमने साने हुन लागेका हुन्। लिटिल फ्लावरले पहिलो सेमिफाईनलमा साविक विजेता सिद्धार्थ सिसु सदनलाई ५ विकेट हरायो भने लिटिल बुद्धले दोस्रो सेमिफाईनलमा हिमालयन ह्वाईट हाउस काठमाण्डौंलाई १३ रनले किनारा लगायो। दुवै टोली बीचको भिड्न भोली विहान १० वजे धनगढी स्थित संघीय प्रहरी ईकाई कार्यालयको खेल मैदानमा हुनेछ।
पहिलो सेमिफाईनलमा टस जितेर पहिला ब्याटिङ गरेको डिफेन्डिङ च्याम्पियन सिद्धार्थ शिशु सिद्धार्थले २० ओभरमा ८ विकेट गुमाउँदै १०२ रनको स्कोर बनायो। सिद्धार्थले दिएको १०३ रनको लक्ष्य लिटिल फ्लावर स्कुल धनगढीले १७.२ ओभरमा ५ विकेट गुमाउँदै पुरा ग¥यो। सो खेलमा लिटिल फ्लावरका सुरज तिरुवो म्यान अफ द म्याच भए।
दोस्रो सेमिफाईनलमा टस जितेर पहिले ब्याटिङ गरेको लिटिल बुद्ध एकेडेमी महेन्द्रनगरले १९.१ ओभरमा सबै विकेट गुमाउँदै १५० रनको योगफल बनायो। १५१ रनको लक्ष्य पछ्याएको हिमालयन ह्वाईट हाउस भने २० ओभरमा ७ विकेट गुमाउँदै १३७ रन मात्रै बनाउन सक्यो । लिटिल बुद्धका नारायण जोशी खेलको म्यान अफ द म्याच भए। प्रतियोगिताको विजेताले १ लाख ११ हजार १ सय ११ प्राप्त गर्नेछ। उपविजेताले ५५ हजार ५ सय ५५ नगदका साथै ट्रफी पाउने छन्। प्रतियोगिताको उत्कृष्ट खेलाडीले नगद १० हजार, उत्कृष्ट व्याट्सम्यान, उत्कृष्ट वलर र उदयमान खेलाडीलाई नगद ५ हजार सहित ट्रफी प्रदान गरिनेछ ।