सुदूर नेपाललाई विश्वसँग जोड्दै

दार्चुलामा आजबाट जोन्सन एण्ड जोन्सन खोप लगाइने

फाइल फोटो
फाइल फोटो
२०७८ साउन २०, ०५:४९ खबर संवाददाता

धनगढी: दार्चुलामा आजबाट जोन्सन एण्ड जोन्सन खोप लगाइने भएको छ।

जिल्लाका नौवटै स्थानीय तहमा रहेका स्वास्थ्य केन्द्रहरुबाट ४५ देखि ४९ वर्ष उमेर समूहका व्यक्तिलाई खोप लगाइने भएको हो। मंगलबार जिल्लाका सबै स्थानीय तहमा जोन्सन एण्ड जोन्सन खोप पठाइसकेको स्वास्थ्य कार्यालय दार्चुलाले जनाएको छ।

यो खोप कोभिड १९ विरुद्धको खोप लगाउन बाँकी पूर्ण अशक्त अपांगता वर्ग क र ख भएका नागरिक, विश्वविद्यालय तथा विद्यालयका शिक्षक, प्राध्यापक, कर्मचारी, यसअघि लगाउन छुटेका स्वास्थ्यकर्मी, सरसफाईकर्मी, सुरक्षाकर्मी, सञ्चारकर्मीलगायतलाई लगाइने बताइएको छ। स्वास्थ्य कार्यालय दार्चुलाका अनुसार सुदूरपश्चिम प्रदेश सरकारले दार्चुलाका लागि ५ हजार डोज खोप उपलब्ध गराएकोे छ।


 

कमेन्ट लोड गर्नुस