धनगढीका लागि छुटेको बस दुर्घटना
२०७८ साउन १९, ०८:५१
दार्चुला : मंगलबार दार्चुलाबाट धनगढीका लागि छुटेको बस दुर्घटना भएको छ।
खलंगाबाट धनगढीतर्फ गइरहेको सुदूरपश्चिम यातायातको ना ६ ख १३३६ नम्बरको बस दुर्घटना भएको हो। शैल्यशिखर नगरपालिका ९ गोकुलेश्वरस्थित नक्तडमा बस सडकबाट चिप्लिएर मकैबारीमा फसेको छ। बसमा सवार सबैजना यात्रु सकुशल रहेको प्रहरीले जनाएको छ।
कमेन्ट लोड गर्नुस