सुदूर नेपाललाई विश्वसँग जोड्दै

खोडपे–बझाङ सडकखण्ड अवरुद्ध

आवतजावत ठप्प

फोटोः तेज बोहरा
फोटोः तेज बोहरा
२०७८ साउन १८, १२:४९ खबर संवाददाता

धनगढीः जयपृथ्वीराजमार्ग अन्तरर्गत खोडपे–बझाङ सडकखण्ड  अवरुद्ध भएको छ। पहिरो जादा बैतडीको पाटन नगरपालिका ८ झौलेक मोडमा सडक अवरुद्ध भएको हो।

सडक तल पहिरो गएपछि आवतजावत ठप्प भएको खोड्पे प्रहरी चौकीका प्रहरी हवल्दार समिर चन्दले जानकारी दिए। सडक तलबाट पहिरो गएकोले पुनर्निर्माण गर्न अझै दुईतीन दिन लाग्ने उनले बताए। सडकमा दुई पाङ्ग्रे बाहेक सबै सवारी साधनको आवतजावत ठप्प रहेको छ।

राजमार्ग अवरुद्ध हुँदा बझाङ भित्रिने र बझाङबाट काठमाडौं, धनगढी, महेन्द्रनगर, डडेल्धुरा, बैतडीलगायतका स्थानका लागि छुटेका एक सय बढी सवारी साधन ठप्प रहेका छन्। सवारी साधन ठप्प हुँदा यात्रुहरु पनि अलपत्र परेका छन्।  

वर्षातको समयमा पहिरोका कारणले जयपृथ्वी राजमार्ग बेलाबेला अवरुद्ध हुने गरेको छ ।  


 

कमेन्ट लोड गर्नुस