अनौठो कानून : जहाँ मुसा पाल्न पनि सरकारको अनुमति चाहिन्छ !
एजेन्सीः उत्तर अमेरिकी मुलुक क्यानडा क्षेत्रफलको हिसाबको संसारको दोश्रो ठूलो देश हुनुका साथै संसारको विकसित मुलुकहरुमा एक हो।
अमेरिकासँगको क्यानडाको सीमाना संसारको सबैभन्दा लामो भू–सिमानाको रुपमा रहेको छ जसको लम्बाई ८ हजार किलोमिटरभन्दा धेरै छ।
यो भिमकाय मुलुकको ४० प्रतिशत भाग जंगलले ढाकेको छ। कतिपय जंगलहरु निकै विशाल छन्। भनिन्छ, क्यानडाका केही क्षेत्रहरुमा गुरुत्वाकर्षणको स्तर अन्य क्षेत्रहरुको तुलनामा कमजोर छ, त्यसैले त्यस्ता ठाउँहरुमा जाँदा हावामा उडेको जस्तो अनुभव हुनसक्छ।
क्यानडालाई तालको देश पनि भनिन्छ । संसारको ताजा पानीमध्ये २० प्रतिशत क्यानडाकै तालहरुमा पाइन्छ।
क्यानडामा ७ हजार ८२१ किलोमिटर लामो ट्रान्स क्यानडा राजमार्ग छ। यो राजमार्ग संसारको सबैभन्दा लामो राजमार्गमध्ये एक हो। यो राजमार्ग एक अन्तरमहाद्धिपीय संघीय–प्रान्तीय राजमार्ग प्रणाली हो, जुन आन्ध्र महासागर देखि लिएर प्रशान्त महासागरसम्म क्यानडाका सबै १० वटा प्रान्त भएर गुज्रन्छ।
क्यानडामा कतिपय नियमहरु निकै अनौठा पनि छन्। क्यानडामा मुसा पाल्नु चाहीँ निकै कठीन काम हो । किनकी मुसा पाल्नका लागि पनि सरकारको अनुमति लिनु पर्दछ। क्यानडाको मुसामुक्त राज्य अबलेर्टामा भने मुसा नै पाल्न पाइँदैन।
यदि नियम उल्लंघन गरेर मुसा पालेमा ५ हजार डलर सम्म जरिवाना हुन्छ। स्मरण रहोस् उक्त राज्यमा ७० वर्षदेखि एउटा पनि मुसा फेला परेको छैन। त्यस्तै क्यानडामा विष राखेर मुसालाई मार्ने काम पनि गैरकानूनी काम हुन्छ।