सुदूर नेपाललाई विश्वसँग जोड्दै

ए डिभिजन लिग सर्‍यो, पुरस्कार राशि बढाइयो

२०७८ साउन १७, ०६:११ खबर संवाददाता

काठमाडौं : असोजबाट कात्तिकका लागि सारिएको सहिद स्मारक ए डिभिजन लिग विजेताको पुरस्कार राशि बढाइएको छ। 

विजेताले ७५ लाख नगद पुरस्कार प्राप्त गर्ने भएको छ। अखिल नेपाल फुटबल संघ ९एन्फा० ले आइतबार डिभिजन लिगको विजेताले ७५ लाख रुपैयाँ पाउने बताएको छ। एन्फाले यस पटक पुरस्कार राशिमा वृद्धि गरेको हो। 

यस अघिको सिजनमा च्याम्पियनले ५० लाख रुपैयाँ प्राप्त गरेको थियो। नयाँ सिजनको लिगको उपविजेताले ५० लाख प्राप्त गर्दा तेस्रोले २५ लाख पाउने एन्फाले जनाएको छ। यस्तै एन्फाले क्लबलाई तयारी खर्चका लागि २०/२० लाख समेत उपलब्ध गराउने छ। यस्तै अखिल नेपाल फुटबल संघ ९एन्फा० ले लिग शुरु हुने मिति पछि सारेको छ।

परिवर्तन गरिएको तालिकाअनुसार लिग आगामी कात्तिक २९ गतेबाट हुनेछ। ए डिभिजनका १४ क्लबसँग छलफल गर्दै लिगको नयाँ मिति तय गरेको हो। सोही छलफलबाट सहभागी क्लब लिग खेल्न सहमति भएको जनाएको हो। यसअघि ललितपुरका चार क्लबले महामारीलाई कारण दिएर असोज ३ बाट लिग खेल्न नसक्ने भन्दै ज्ञापन पत्र बुझाएका थिए।

अक्टोबरको पहिलो साता साफ च्याम्पियनसिप आयोजना हुने सम्भावना भएकाले लिग सारिएको हो। साफ आयोजनाको लागि नेपाल र माल्दिभ्सले दाबी पेस गरिसकेको छ।

कमेन्ट लोड गर्नुस