सुदूर नेपाललाई विश्वसँग जोड्दै

प्रत्येक नेपालीको घरबाट एक सैनिक उत्पादन गरौं

२०७८ साउन १७, ०४:५०

-करन साउद
म एक नेपाली, मेरो देश नेपाल मलाई गर्व लाग्छ। म नेपाली हुँ भन्नुमा किन कि नेपाल एकमात्र देश हो जो कसैको गुलाम भएन ? हाम्रा वीर गोर्खाली नेपाली दाजुभाई तथा दिदीबहिनीबाट प्राप्त भएको एक सिंगो राष्ट्र हो नेपाल।

विश्वका हरेक देशमा अझै पनि नेपाली नपुगेको ठाउँ छैन। जहाँ नेपाली पुग्छन् त्यहाँ हाम्रो शिर ठाडो नै हुन्छ किनकि न हामी गल्ती गछौं न गल्तीलाई स्वीकार गर्छौ। त्यसैले त थुप्रै देशका महान व्यक्तिले भनेका छन् विश्वमा जुनसुकै सैनिकसँग म लड्न तयार तर नेपाली सुन्ने बित्तिकै मन डरले काप्छ। किन कि त्यो हाम्रो गोर्खालीको पहिचान हो। जहाँजहाँ अठप्यारो पर्छ त्यहाँ नेपालीले सामना गरेका छन्। 

तर बिडम्बना, हामी विश्वलाई आफ्नो पहिचान दिँदै गर्दा हाम्रो छिमेकीले हाम्रो पहिचान, मुल्य मान्यता, अनि हाम्रो संस्कार र आदर्शलाई बारम्बार आक्रमण गर्दै आयो। त्यो हो भारतीय विस्तारवाद। हामी चाहान्छौ हामी दुई देशको सम्बन्ध साथीहरु जस्तो होस। एकलाई चोट पर्दा अर्कोलाई दुखोस। तर भारतीय सरकारको त्यो नियत देखिएन। 

आजपनि भारतको सीमा रक्षा र देशको लागि थुप्रै नेपाली भारतीय सैनिकभित्र रहेर कार्गिल  तथा जम्मु कश्मिरमा लडाइ लड्दैछन्। तर त्यही देशका सीमा सुरक्षा बल(एसएसबी) सिमानामा नेपालीलाई दिन प्रतिदिन दुःख दिँदैछन्। 
यहि साउन १५ गते मात्रै दार्चुलाका ३५ वर्षीय जयसिंह धामी तुइन तर्ने क्रममा एसएसबीले तुइन काटेपछि महाकालीमा बेपत्ता भएका छन्। अब हामीले उनको शव मात्रै भेट्टाउने छौं।

मेरो नेपाल सरकारलाई अनुरोध छ अब हामी भारतीय विस्तारवाददेखि डराउने, पछि हट्ने छैनौं। मेरो अनुरोध, अब नेपाल सरकारले प्रत्येक नेपालीको घरबाट एक सैनिक उत्पादन गर्नुपर्छ। जहाँजहाँ सीमा नाका छन्, त्यहाँ हामीले पनि हाम्रो सैनिक क्याम्प राखौं। इट्टाको जबाफ पत्थरले दिऔं। 

नेपालमा प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेनाको संख्या बढाऔं। हामी नेपाली लड्न तयार छाै‌‌। अर्काको देशका लागि लड्ने वीर योद्धा आफ्नो देशको लागि लड्दैनौ होला त ? हामी र हाम्रा नौजवान युवा लड्न तयार छन्। तपाई प्रत्येक घरबाट सैनिक उत्पादन गर्नुस। तालिम दिनुस। नाकामा २४ घन्टा हामी खटिन तयार छाै‌। 

सरकार सबै एकै चोटी हुँदैन। सकिन्छ भने नेपाल भारतको सीमा नाकामा पूर्व झापादेखि पश्चिम कञ्चनपुरसम्म पर्खाल निर्माण गरौं। हाम्रो एक इन्च भूमि हामी कसैलाइ दिन चाहदैनौं। हामी वीर गोर्खालीका सन्तान हौ, सधै सत्यसँग झुक्ने र असत्यको सामाना गर्न तयार छौ। तर सरकारले हरेक घरबाट सैनिक उत्पादन गर्नुपर्छ। जयसिंह धामीको परिवारलाई उचित राहत, दोषीलाई कडाभन्दा कडा कारबाही र उनका छोराछोरीलाई राज्यले निःशुल्क रुपमा सबै सेवा सुविधा दिनुपर्छ। 

भारतीय विस्तारवाद मुर्दावाद !
भारतीय एसएसबीको ज्यादती मुर्दावाद !
वीर गोर्खाली जिन्दावाद !
 

कमेन्ट लोड गर्नुस