गहुँको बीउ अनुदानमा
दाङको लमही नगरपालिकाले कृषकलाई अनुदानमा गहुँको बीउ वितरण गरेको छ। गहुँ उत्पादनको पकेट क्षेत्र मानिने देउखुरीमा यसको उत्पादनलाई वृद्धि गर्ने उद्देश्यसहित अनुदानमा गहुँको बीउ वितरण गरिएको हो। परम्परागत जातका गहुँको बीउलाई विस्थापित गर्दै किसानलाई ४६ क्विन्टल विजय, आदित्य र गौतम जातका गहँुको बीउ अनुदानमा उपलब्ध गराइएको छ। “कृषि उत्पादनका लागि बीउ गुणस्तरीय हुनुपर्छ, बाहिरबाट बीउ खरीद गर्दा कमजोर पनि पर्न सक्छ।” नगरपालिका प्रमुख कुलबहादुर केसीले बताए।, “सहुलियतमा उन्नत जातको गहुँको बीउ वितरण गर्दा धेरै कृषक उत्साहित भएका छन।” किसानलाई गहँुको खेतीमा आत्मनिर्भर बनाउने उद्देश्यले यो वर्ष नगरपालिकाका नौ वटै वडाका ४ सय ६० कृषक र एउटा कृषक समूहलाई गहुँको बीउ वितरण गरिएको हो।
रासस