वुढीगंगा नदीमा युवकको शव फेला
अछामको साँफेबगर नगरपालिका वडा नम्बर ३ स्थित टोटासाल नजिक वुढीगंगा नदीमा डुवेको अवस्थामा एक युवकको शव फेला परेको छ। बाजुराको त्रिणेत्री नगरपालिका वडा नम्बर २ छताराका २५ बर्षिय झप बुढाको नदी किनारामा पानीमा डुवेको अवस्थामा शव फेला परेको इलाका प्रहरी कार्यालय साँफेबगरका प्रहरी प्रमुख मोहन साउँदले जानकारी दिए। शव पोष्टमार्टमको लागि जिल्ला अस्पताल मंगलसेन पठाएको प्रहरीले जनाएको छ। घट्नाको अनुसन्धान भईरहेको पनि प्रहरी निरिक्षक साउँदले बताए।