सुदूर नेपाललाई विश्वसँग जोड्दै

मनिराज वाङ्मय पुरस्कार राष्ट्रकवि घिमिरेलाई

२०७५ मंसिर १, ०६:४५ खबर संवाददाता

नेपाली साहित्य तथा संस्कृति प्रतिष्ठान गोदावरी कैलालीले विभिन्न पुरस्कारहरू मार्फत श्रष्टाहरुलाई सम्मान गरेको छ। आज प्रज्ञा भवन काठमाडौमा कार्यक्रमको आयोजना गर्दै सम्मान हस्तान्तरण गरिएको हो। एक लाख राशिको मनिराज वाङ्मय पुरस्कार राष्ट्रकवि माधव प्रसाद घिमिरेलाई प्रदान गरिउको छ। इस्तै खप्तड स्वामी सचिदानन्द पुरस्कार ’ १००८ ब्रम्हऋृषि गौरीशंराचार्यलाई, डा.जयराज पन्त लोक साहित्य पुरस्कार डा.गोविन्द आचार्य(दाङ) लाई, शास्त्री देवराज आचार्य प्रतिभा पुरस्कार मोहन चापागाइ( दोलखा)लाई, शास्त्री देवराज आचार्य प्रतिभा पुरस्कार ऋषिकेशव भारद्वाज (कपिलवस्तु) लाई र नृपबहादुर स्वार साहित्य पुरस्कार खगेन्द्र गिरी ’कोपिला’ ( नेपालगञ्ज) लाई प्रदान गरिएको छ। मनिराज वाङ्मय पुरस्कारको राशि एक लाख सहित ताम्रपत्र रहेको छ भने अन्य सबै पुरस्कारको राशि नगद दश हजार र सम्मानपत्र रहेको छ नेपाली साहित्य तथा संस्कृति प्रतिष्ठान गोदावरी कैलालीका अध्यक्ष पदमराज जोशीले बताए।

सम्मानित सबै स्रष्टाहरूलाई प्रमुख अतिथि पूर्व प्रधानमन्त्री लोकेन्द्र बहादुर चन्दले दोसल्ला, सम्मानपत्र तथा नगद पुरस्कार हस्तान्तरण गरे। प्रतिष्ठानका अध्यक्ष जोशीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा पूर्व प्रधानमन्त्री चन्द, राष्ट्रकवि माधव घिमिरे, प्रज्ञा प्रतिष्ठानका कुलपति गंगाप्रसाद उप्रेती, ब्रम्हऋषि गौरी शंकराचार्य, लोक गायक नन्दकृष्ण जोशी, साहित्यकार डा.नवराज लम्साल, समाजसेवी मदनराज पाण्डेय लगायतले शुभकामना मन्तव्य राखेका थिए। कार्यक्रम संयोजक हरिलाल गिरीले स्वागत मन्तव्य राखेका थिए भने कार्यक्रम सञ्चालन प्रतिष्ठानका महासचिव डा.टी एन जोशीले गरेका थिए। 
कमेन्ट लोड गर्नुस