सुदूर नेपाललाई विश्वसँग जोड्दै

टोकियो ओलम्पिक : सेमिफाइनलबाटै बाहिरिए जोकोभिच

२०७८ साउन १५, ०६:२७ खबर संवाददाता

धनगढीः विश्व नम्बर एक नोभाक जोकोभिच जापानमा जारी टोकियो ओलम्पिकको सेमिफाइनलबाटै बाहिरिएका छन्।

जोकोभिच ुगोल्डेन स्लामु जित्ने सपनामा रहे पनि पूरा भएन्। गोल्डेन स्लाम अर्थात् चार ग्रान्डसलाम र ओलम्पिक जित्ने अभियानमा रहेका जोकोभिचलाई अलेक्जेन्डर जेरेभले निरास पारे।

पुरुष एकलतर्फ भएको सेमिफाइनलमा जोकोभिच जर्मनीका चौथों वरीयताका अलेक्जेन्डर जेभरेभसँग १(६, ६(३, ६(१ ले पराजित भए। जोकोभिचले यो वर्ष अस्ट्रेलियन ओपन,  फ्रेन्च ओपन र विम्बल्डन जितिसकेका छन्। उनीसामु ओलम्पिक र युएस ओपन जित्ने चुनौती थियो।

तर उनले सेमिफाइनल चुनौती पार गर्न नसक्दा ओलम्पिक स्वर्ण भिडन्त अघिनै प्रतियोगिताबाट बाहिरिए। चार ग्रान्डसलाम र ओलम्पिक अर्थात ुगोल्डेन स्लामु जित्ने कीर्तिमान जर्मनीकी स्टेफी ग्राफको नाममा छ।

उनी विश्वको एक मात्र टेनिस खेलाडी हुन् जसले सन् १९८८ मा यो उपलब्धि हासिल गरेकी थिइन्। पुरुषतर्फ भने यो उपलब्धि अहिलेसम्म कुनै खेलाडीले प्राप्त गर्न सकेका छैनन्।

सेमिफाइनलमा जोकोभिचलाई हराएका जेभरेभले आइतबार फाइनलमा रसियाका करेन खाचानोभसँग स्वर्ण पदकका लागि प्रतिस्पर्धा गर्नेछन्। खाचानोभले स्पेनका पाब्लो कारेनो बुस्टालाई ६(३ ६(३ को सेटमा पराजित गरेर फाइनलमा स्थान बनाउन सफल भए।

कमेन्ट लोड गर्नुस