सुदूर नेपाललाई विश्वसँग जोड्दै

कैलालीमा सडक मानवलाई सहयोग गर्नका लागि डान्सरहरु कोष स्थापना गर्दै

२०७८ साउन १५, ११:४४ खबर संवाददाता

भुपेन्द्र महरा धनगढीः कैलालीमा सडक मानवलाई सहयोग गर्नका लागि कोष स्थापना गर्ने तयारी भइरहेको छ। जिल्लाको लम्कीमा रहेको ‘हामी सहयोगी डान्सर’ समूहले सडक मानवलाई सहयोग गर्ने उद्देश्यसहित कोष स्थापना गर्ने तयारी गरेका हुन्।

सडकमै आफ्नो नृत्यकला देखाएर कोषका लागि आर्थिक रकम संकलन गरिरहेको उक्त समूहका डान्सर जीवन विकले बताए। हालसम्म २० हजार भन्दा बढी संकलन भएको उनले बताए। कोष स्थापनाका लागि आर्थिक रकम संकलन गर्ने अभियान दुई हप्ता अगाडीबाट सुरु भएको हो।

यो अवधीमा लम्कीको मोतिपुर चोक बस्ने विशाल रोकायालाई १० हजार सहयोगसमेत गरेको सोही समूहका सदस्य योगेश परियारले बताए। उक्त कोषबाट सडक मानव तथा अशक्त र साहारा विहिनहरुलाई सहयोग गर्ने योजना ‘हामी सहयोगी डान्सर’ समूहको छ।

कमेन्ट लोड गर्नुस