सुदूर नेपाललाई विश्वसँग जोड्दै

धनगढीमा युवकको हत्या प्रकरण : किटानी जाहेरी दर्ता

२०७५ मंसिर १, ०३:१० खबर संवाददाता

प्रदेशको अस्थायी राजधानी धनगढीमा युवकको हत्या भएपछि प्रहरीमा किटानी जाहेरी दर्ता गरिएको छ। प्रदेश प्रमुख र मुख्यमन्त्री तथा मन्त्री परिषद्को कार्यालय नजिकै धनगढी उप–महानगरपालिका वडा नम्वर ४ स्थित नाष्ट कलेज अगाडी स्थानीय विजय थापाको हत्या भएपछि उनकी आमाले किटानी जाहेरी दर्ता गरेकी हुन्। उनकी आमा सीता थापाले जिल्ला प्रहरी कार्यालय कैलालीमा धनगढी उप–महानगरपालिका वडा नम्वर ४ कै आशिष सेठी विरुद्ध जाहेरी दिएकी हुन्। 
रक्ताम्य युवकलाई घिसार्दै लगिरहेका बेला सेठीलाई प्रहरीले गयराती नै पक्राउ गरिसकेको छ। घटनास्थल नजिकै घर भएका दिपेन्द्र चौधरीलाई बयान पछि छोडिएको छ। शवको सेती अञ्चल अस्पतालमा पोष्टमार्टम भईरहेको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायव उपरिक्षक हरी वहादुर वलीले बताए। 

कमेन्ट लोड गर्नुस