सुदूर नेपाललाई विश्वसँग जोड्दै

टोकियो ओलम्पिकको पहिलो चरणबाटै बाहिरिइन् सरस्वती चौधरी

२०७८ साउन १५, ०९:२९ खबर संवाददाता

एथ्लेटिक्स खेलाडी सरस्वती चौधरी टोकियो ओलम्पिकको पहिलो चरणबाटै बाहिरिएकी छन्। एक सय मिटर महिला दौडमा प्रतिस्पर्धा गरेकी सरस्वती पहिलो चरणबाटै बाहिरिएकी हुन्।ओलम्पिक स्टेडियमको ट्रयाकमा शुक्रबार बिहान सरस्वतीले निर्धारित दुरी १२ः९१ सेकेन्डमा पूरा गरेकी थिइन्। दोस्रो हिटमा रहेकी सरस्वती आफ्नो हिटमा आठौं स्थानमा रहिन्। यस हिटमा ९ खेलाडी रहेका थिए।

सरस्वतीले व्यक्तिगत प्रदर्शनमा समेत सुधार गर्न सकिनन्। यस स्पर्धामा सरस्वतीको उत्कृष्ट समय १२ः५५ सकेन्ड रहेको छ। यस्तै यस स्पर्धामा देवीमाया पनेरुको नाममा राष्ट्रिय कीर्तिमान रहेको छ। सन् १९९९ को साग गेम्समा पनेरुले १२ः२० सकेन्डको कीर्तिमान बनाएकी थिइन्।

कमेन्ट लोड गर्नुस