सुदूर नेपाललाई विश्वसँग जोड्दै

डडेल्धुरामा जिप दुर्घटना हुँदा दुईको मृत्यु

। फोटो स्रोत ।
२०७५ मंसिर १, १२:२२ खबर संवाददाता

डडेल्धुराको भागेश्वर गाउँपालिका लाकममा जिप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ। अन्य घटनामा ११ जना घाइते छन्। भागेश्वरको बोकटाबाट जिल्ला सदरमुकाम आउँदै गरेको म १ ज १८० नम्बरको जिप वडा नम्वर ४ लाकममा दुर्घटना भएको हो। २ जनाको घटनास्थलमै मृत्यु भएको र घाइते ११ जना मध्ये ४ जनाको अवस्था गम्भिर रहेको जिल्ला प्रहरी कार्यालय डडेल्धुराले जनाइएको छ।
फोटो : कलावती देउवको फेसवुकबाट

कमेन्ट लोड गर्नुस