भ्यू टावर कम्पासेधुरा कि बुढीतोला ? सरकारी निकायमै मतभेद
सुदूरपश्चिम प्रदेशको भ्यू टावर कुन स्थानमा राख्ने विवाद कायमै रहेको छ। पर्यटन विभागले गोदावरी नगरपालिका वडा नम्वर ४ बुढीतोलामा भ्यू टावर राख्नका लागि बातावरणीय प्रभाव मुल्याङकन स्वीकृत गरिसकेको छ भने प्रदेशको उद्योग पर्यटन वन तथा बातावराण मन्त्रालयले भने चुरे गाउँपालिका वडा नम्वर ५ मा भ्यू टावर राख्न बजेट विनियोजन गरेको छ।
सुदूरपश्चिम प्रदेशको उद्योग पर्यटन वन तथा बातावराण मन्त्रालयका शाखा अधिकृत भोजराज पाठकले सुदूरपश्चिम प्रदेशको भ्यू टावर कैलालीको कम्पासे धुरामा राख्नका लागि ३० लाख बजेट विनियोजन भएको बताए। प्रदेश सरकारले चुरे गाउँपालिका वडा नम्वर ५ को कम्पासे धुरामा भ्यू टावर निर्माणको तयारी थालेका बेला संघीय सरकारको सस्कृती, पर्यटन तथा नागरीक उड्यान मन्त्रालयको पर्यटन विभागले भने २०७४ असार २० गते गोदावरी नगरपालिका वडा नम्वर ४ बुढीतोलामा भ्यू टावर निर्माण गर्न बातावरणीय प्रभाव मूल्याङकन स्वीकृत भईसकेको छ। दुइृ सरकारी निकाय विचको मतभेदले अन्योलथता बढेको स्थानीय शेरवहादुर खत्रीले बताए।
पर्यटन प्रबद्र्धनका लागि सरकारले कैलालीको बुढीतोलामा निर्माण गर्न लागेको भ्यू टावर खानीडाँडाको कम्पासे डाँडामा निर्माण गर्न विगतमा पनि स्थानीय बासिन्दा र पर्यटनकर्मीहरुले माग गरेका थिए। पाँच विकास क्षेत्रका पाँच स्थानमा निर्माण गर्ने योजना अन्तर्गत सुदूरपश्चिममा भ्यू टावरका लागि कैलालीको बुढितोला छनौट भएको थियो। पर्यटन विभागले कम्पासेधुरा राजमार्ग भन्दा धेरै टाढा भएकाले राजमार्ग भन्दा १२ सय मिटर मात्रै टाढा रहेको बुढीतोलामा भ्यू टावर बनाउन वातावरणीय प्रभाव मुल्याङकन गरेको थियो। उक्त योजना प्रदेश सरकारको मातहतमा आएपछि सोही ठाउँमा भ्यू टावर बनाउने योजनालाई अगाडी बढाउनुको सट्टा वातावरणीय प्रभाव मुल्याङकन नभएको अर्काै स्थानमा भ्यू टावर बनाउन बजेट विनियोजन गरेपछि भ्यू टावरको योजना अलपत्र पर्ने आसंका स्थानीयले गरेका छन्।
भ्यू टावर निर्माण हुने क्षेत्र सडकबाट करीव एक किलोमिटरको दूरीमा हुनुपर्ने र वार्षिक २० हजार पर्यटकले अवलोकन गर्नुपर्ने सरकारले मापदण्ड तोकेको छ। उक्त मापदण्ड अनुसार बुढीतोला उपयुक्त हुन्छ भने केहि स्थानीय र पर्यटन व्यवसायी कम्पासे धुरामा उपयुक्त हुने तर्क दिदै आएका छन्। कम्पासे धुराबाट आकाश खुलेको समयमा कैलाली र कञ्चनपुरका अधिकांश भाग सहित भारतको समेत ठूलो हिस्सा अवलोकन गर्न सकिने र उत्तरतर्फका थुप्रै हिमाल हेर्न सकिने दवी उनीहरुको छ। तर एउटै योजना कार्यान्वयनका लागि बजेट एक स्थानमा र बातावरणीय प्रभाव मुल्याङकन अर्को स्थानमा भएपछि योजनानै अलपत्र पर्ने आसंका पनि बढेको छ। सोही क्षेत्रबाट प्रदेश सभाबाट विजयी भएर भर्खरै सामाजिक विकास मन्त्री बन्नुभएका कृष्ण सुवेदी पनि यो विषयमा अन्योलमा छन्।