सुदूर नेपाललाई विश्वसँग जोड्दै

बझाङमा घुइँयाको भाउमा बिक्री हुँदै यार्सागुम्बा

२०७८ साउन १४, ०५:०६ खबर संवाददाता

सुन्दर धामी, बझाङ: बझाङमा सस्तो मूल्यमा जडिबुटी वनलसुन र यार्सागुम्बा बिक्री हुन थालेपछि संकलहरु समस्यामा परेका छन्। आम्दानीको मुख्य स्रोत रहेको वनलसुन र यार्सागुम्बा सस्तैमा बिक्री हुँदा यहाँका स्थानीय समस्यामा परेका हुन्।

‘केही वर्ष पहिले यार्सागुम्बा र वनलसुन बिक्री गरेर मनग्य आम्दानी हुन्थ्यो। तर, पछिल्लो एक÷दुई वर्षयता भने यी बहुमूल्य जडिबुटी कौडीको भाउमा बिक्री भइरहेको छ,’ जिल्लाको छबिसपाथिभेरा गाँउपालिका–७ का स्थानीय दले बोहराले भने, ‘सस्तैमा जडिबुटी बिक्री हुँदा घर खर्च चलाउन पनि निकै समस्या भइरहेको छ। जडिबुटीबाट आम्दानी न्यून हुँदा भारततिर जानुपर्ने बाध्यता बढेको छ।’

दुई वर्षअघि यार्सागुम्बा प्रतितोला २० हजार रुपैयाँमा बिक्री भएको थियो। तर, यो वर्ष भने आफूहरूले प्रतितोला १२ हजार रुपैयाँ मात्र पाएको बोहराले गुनासो गरे।

त्यस्तै, यसअघि प्रतिकिलो ३५–४० हजारमा बिक्री हुने वनलसुन यो पटक भने १३ हजार रुपैयाँमै बिक्री गरेको अर्का स्थानीय सन्तोष धामीले जानकारी दिए।

बर्सेनी यार्सागुम्बा, वनलसुन जस्ता बहुमूल्य जडिबुटीको उत्पादन घट्दै गएको छ। अनियन्त्रित रूपमा बहन क्षमताभन्दा धेरै ठूलो जनसमुदाय संकलनमा जाने हुँदा वातावरणीय प्रदूषण बढेर यार्साको उत्पादन पछिल्लो समय घट्दै गएको हो।


 

कमेन्ट लोड गर्नुस