सुदूर नेपाललाई विश्वसँग जोड्दै

मन्त्रीको भागबण्डाः काँग्रेसले ८, जसपा र माओवादीले ७ मन्त्रालय पाउने

माधव नेपाल पक्षलाई राजनीतिक नियुक्तिहरुमा स्थान दिइने

फाइल फोटो
फाइल फोटो
२०७८ साउन १४, ०२:१३ खबर संवाददाता

काठमाडौं: सत्तारुढ गठबन्धनले एमाले वरिष्ठ नेता माधव नेपालको सहभागिताविनै मन्त्रिपरिषदलाई पूर्णता दिने भएको छ। विहीबार बसेको सत्तारुढ गठबन्धनका नेताहरुको छलफलमा माधव नेपाल पक्षविनै मन्त्रिपरिषदलाई पूर्णता दिने सहमति भएको हो।

माधव नेपाल पक्षलाई सरकारी तथा संवैधानिक नियुक्तिमा अधिकतम अवसर दिने गरी काँग्रेस र माओवादी र जनता समाजवादी पार्टीले मन्त्रालयको भागबण्डा मिलाएका छन्। विहीबार बिहान बसेको शीर्ष नेताहरुको बैठकले  काँग्रेसले प्रधानमन्त्रीसहित ८, माओवादी केन्द्रले ७ र जसपाले ७ मन्त्रालय पाउनुपर्ने प्रारम्भिक खाका तयार पारिएको जसपाका एक नेताले बताए ।

उनका अनुसार बाँकी तीन राज्यमन्त्री बनाइने छ। कुन मन्त्रालय कसले पाउने भन्ने विषयमा पनि सामान्य छलफल भएको स्रोतको भनाइ छ। तर, मन्त्रालयगत भागबण्डा बाहिर नल्याउने सहमति भएको भन्दै स्रोतले खोल्न चाहेन।

राज्यमन्त्रीमा कसलाई कति भन्ने टुंगो लागेको छ। गठबन्धनका शीर्ष नेताहरुको गोप्य बैठकपछि काँग्रेस र जसपाको बैठक बस्दैछ। काँग्रेस पदाधिकारी बैठक दिउँसो २ बजे सभापति शेरबहादुर देउवाको निवास बूढानीलकण्ठमा बस्दैछ।

यस्तै, जसपा कार्यकारिणी समिति बैठक पनि सुरु भएको छ। गठबन्धनको बैठक सकेर जसपा शीर्ष नेताहरु पार्टीको बैठकमा पुगिसकेका छन्।


 

कमेन्ट लोड गर्नुस