सुदूर नेपाललाई विश्वसँग जोड्दै

दार्चुलाको गोकुलेश्वर बजारमा फोहोर गरे एक हजार जरिवाना

२०७८ साउन १४, ०८:२७ खबर संवाददाता

धनगढी: दार्चुलाको गोकुलेश्वर बजारमा फोहोर गरे एक हजार रुपैयाँ जरिवाना तिर्नुपर्ने नियम लगाइएको छ। शैल्यशिखर नगरपालिका -९ स्थित सो बजारमा फोहोरमैला बढ्न थालको भन्दै नगरपालिकाले फोहोर फाल्ने व्यक्तिलाई एक हजार रुपैयाँ जरिवाना लगाउने निर्णय गरेको हो।

नगरप्रमुख अमरसिंह धामीको अध्यक्षतामा बसेको स्थानीय, जनप्रतिनिधि, प्रहरी तथा सरोकारवालाहरुको बैठकले गोकुलेश्वर बजारको फोहोर व्यवस्थापन नहुँदा प्रदुषण बढेकाले व्यवस्थापनका लागि जरिवाना तिर्न लगाउने निर्णय गरिएको नगरपालिकाले बताएको छ।

निर्णयको अवज्ञा गरिए एक हजार रुपैँया जरिवाना लिइने र पटकपटक अवज्ञा गरिए त्यस्ता घर, पसल तथा होटलहरुलाई नगरपालिकाबाट प्रदान गरिने सेवा सुबिधाबाट पनि वञ्चित गरिने नगरपालिकाले निर्णय गरेको छ। बैठकले गोकुलेश्वरका प्रत्येक घर, पसल तथा होटलहरुलाई १/१ थान डस्टबिन नगरपालिकाबाट उपलब्ध गराउने र फोहोरमैला व्यवस्थापनबाफत प्रत्येक उपभोक्ताले १/१ सय रुपैँया हरेक महिना नगरपालिकालाई बुझाउनुपर्ने निर्णय समेत गरेको जनाइएको छ।

कमेन्ट लोड गर्नुस