सुदूर नेपाललाई विश्वसँग जोड्दै

टोकियो ओलम्पिक : गौरिका सिंहद्वारा राष्ट्रिय कीर्तिमान सुधार

२०७८ साउन १३, ०४:४३ खबर संवाददाता

पौडीकी सनसनी गौरिका सिंहले टोकियो ओलम्पिक २०२० मा महिला १ सय मिटर फ्रिस्टाइल १ मिनेट ११ मिलिसकेन्डमा पूरा गर्दै बुधबार आफ्नै नामको राष्ट्रिय कीर्तिमानलाई टोकियो अक्वाटिक्स सेन्टरमा सुधार गरेकी छन्।

उनले ५० मिटरको स्वीमिङ पुल (लङ कोर्स) मा दुई वर्षअघि १८ औं फिना वर्ल्ड च्याम्पियनसिप २०१९ (ग्वाङ्जु, दक्षिण कोरिया) मा निकालेको १ मिनेट ६२ मिलिसेकन्डको रेकर्डलाई टोकियो ओलम्पिकमा सुधार गरेकी हुन्। हिट्स १ मा उनीसँगै नाइजेरिया, मोन्टेनेग्रो र ग्वामका खेलाडीले प्रतिस्पर्धा गरेका थिए, जहाँ नाइजेरियाकी एबियोला उगुन्बानयोले ५९.७४ सेकेन्डसाथ पहिलो भइन् ।

यसमा गौरिका तेस्रो भइन्। यो स्पर्धामा समयको आधारमा शीर्ष १६ खेलाडी सेमिफाइनलमा प्रवेश गर्नेछन्।

कमेन्ट लोड गर्नुस