सुदूर नेपाललाई विश्वसँग जोड्दै

माओवादीबाट मन्त्री बन्ने लाइनमा को–को छन्, प्रचण्डकी बुहारी मगरको नाम पनि !

२०७८ साउन १३, ०३:३१ खबर संवाददाता

काठमाडौँ: माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले केही दिनदेखि आफू निकै तनावमा रहेको बताएका थिए। पार्टीभित्र मन्त्रीहरू बन्ने नेताहरुको संख्या बढ्दै गएपछि उनलाई तनाव भएको बताइएको छ।

 माओवादी केन्द्रको भागमा बढीमा ७ मन्त्रालय पर्नेछ। त्यसमध्ये जनार्दन शर्मा अर्थ र पम्फा भुसाल ऊर्जा मन्त्री भइसकेका छन्। 

अब पार्टीबाट नेता नारायणकाजी श्रेष्ठले उपप्रधानमन्त्रीसहित प्रभावशाली मन्त्रालयमा इच्छा प्रकट गरेका छन्। यस्तै सोही समूहबाट शशि श्रेष्ठ र अञ्जना विशंखेको नाम अघि सारेर श्रेष्ठले आफ्ना नाममा बार्गेनिङ गरिरहेको स्रोत बताउँछ। 
त्यस्तै कृष्णबहादुर महराले सञ्चार मन्त्रालयमा इच्छा देखाएका छन्। यस्तै देवेन्द्र पौडेल, देव गुरुङ, हरिबोल गजुरेल, मातृका यादव, जयपुरी घर्ती, शिवकुमार मण्डल, अमनलाल मोदी, सुदन किराँती र महेश्वर गहतराज पनि मन्त्रीका लागि लबिङ गरिरहेका छन्।

यति मात्रै होइन प्रचण्डकी बुहारी विना मगरलाई पनि मन्त्री बनाउनुपर्ने स्थिती आएको एक नेताले बताए। सुदूरपश्चिमका लेखराज भट्ट एमालेतिर लागेपछि भूगोलमा राजनीतिक पकड बचाउन पनि विनालाई मन्त्री बनाउनुपर्ने प्रचण्ड निकटका नेताहरूले चर्चामा ल्याएका हुन्। 

उनलाई महिला बालबालिका मन्त्रालयमा सहभागि गराउने स्रोत बताउँछ। 

कमेन्ट लोड गर्नुस