सुदूर नेपाललाई विश्वसँग जोड्दै

ओलम्पिक २०२० मा नेपालकी गौरीकाले आज प्रतिस्पर्धा गर्दै

२०७८ साउन १३, ०८:५४ खबर संवाददाता

जापान– टोकियो ओलम्पिक २०२० मा नेपालकी जलपरि पौडी खेलाडी गौरीका सिंहले आज प्रतिस्पर्धा गर्दैछिन्। गौरीकाले महिलाको १ सयमिटर फ्रि–स्टाइलमा प्रतिस्पर्धा गर्दैछिन्। 

गौरीकाको प्रतिस्पर्धा नेपाली समय अनुसार ३ः४५ बजे सुरु हुनेछ। गौरीका हिट वानमारहेकी छिन्। गौरीका १३औं दक्षिण एसियाली खेलकुद सागकी स्वर्ण विजेता पनि हुन्।

ओलम्पिकको चौथो दिनको खेल सकिँदा आयोजक जापानले पदक तालिकामा आफ्नो शीर्षतालाई कायमै राखेको छ। 

जापानले चौथो दिनको खेल सकिदासम्म १० स्वर्ण, ३ रजत र ५ कास्य गरी कुल १८ पदक जितिसकेको छ।

दोस्रो स्थानमा रहेकोअमेरिकाले ९ स्वर्ण, ७ रजत र ८ कास्य गरी २४ पदक हात पारेको छ। तेस्रोमा रहेको चीनले ९ स्वर्ण, ५ रजत र ७ कास्यगरी २१पदक हात पारेको छ।

ओलम्पिकमा नेपालको तर्फबाट पुरुष पौडीबाट सहभागी एलेक्जेण्डर शाह एलेक्सले मंगलबार पुरुषको १ सय मिटर फ्रि–स्टाइलमा राष्ट्रिय कीर्तिमान बनाए तर हिट चरणबाटै बाहिरिएका छन्।
 

कमेन्ट लोड गर्नुस