सुदूर नेपाललाई विश्वसँग जोड्दै

ओलम्पिक : एलेक्सको नयाँ राष्ट्रिय कीर्तिमान

२०७८ साउन १२, ०७:२१ रासस

काठमाडौँ: जापानको टोकियोमा आयोजना भइरहेको ३२ औँ गृष्मकालीन ओलम्पिकअन्तर्गत पौडी खेलका एलेक्जेन्डर गाडेगार्ड शाह (एलेक्स) ले पुरुष १०० मिटर फ्रिस्टाइलमा नयाँ राष्ट्रिय कीर्तिमान कायम गरेका छन्।

टोकियोको एक्वेटिक सेन्टरमा आज भएको खेलमा हिट चरणमा एलेक्सले निर्धारित दूरी ५३.४१ सेकेन्डमा पूरा गर्दै नयाँ राष्ट्रिय कीर्तिमान कायम गरेका हुन्। उनले यसअघि आफ्नै नाममा रहेको ५५.३८ सेकेन्डको कीर्तिमान सुधार गरेका हुन्। एलेक्सको अर्को चरणमा पुग्ने सम्भावना भने सकिएको छ।

हिट चरणबाट कम समयमा पूरा गर्ने शीर्ष १६ खेलाडीले सेमिफाइनलको यात्रा तय गर्नेछन्। एलेक्सले दक्षिण एशियाका भूटान, माल्दिभ्स र पाकिस्तानका खेलाडीसहित १० जनालाई भने पछि पारे। 

त्यस्तै नेपालकी अर्की खेलाडी गौरिका सिंहकाे भोलि प्रतिस्पर्धा हुनेछ। उनले १०० मिटर फ्रिस्टाइलमा प्रतिस्पर्धा हुनेछ। यसअघि शनिबार भएको खेलमा नेपालकी जुडो खेलाडी सोनिया भट्ट  र सुटिङकी कल्पना परियार छनोट चरणबाट बाहिरिसकेका छन्।

सोनियाले ४८ केजी तौल समूहमा र सुटिङकी कल्पनाले १० मिटर एयर राइफलमा प्रतिस्पर्धा गरेकी थिइन्। 
 

कमेन्ट लोड गर्नुस