सुदूर नेपाललाई विश्वसँग जोड्दै

नयाँ शहरको डिजाईन सर्वेको समय सकियो तर काम सकिएन्

२०७५ कार्तिक २९, ०३:२७

कैलाली र कञ्चनपुरको हुलाकी राजमार्ग आसपासमा व्यवस्थित वसोवास गराउनका लागि दुई वटा नयाँ शहर निर्माण गर्नका लागि थालिएको डिजाईन सर्वेको काम गर्ने समय सकिए पनि काम भने सम्पन्न भएको छैन् । वैशाख ४ गते भएको सम्झौता अनुसार मंसीर ४ गते डिजाईन सर्वेको म्याद सकिदैछ तर काम भने सकिएको छैन् । परामर्शदाता कम्पनीले प्रतिवेदन वुझाउने समयमा काम नसकेपछि दुवै नगरपालिका जन प्रतिनिधिले काममा सहयोग नगरेको आरोप लगाएको छ । वैशाखदेखि काम सुरु गर्नुपर्ने भएपनि डिजाईन सर्वेको काम पाएको काठमाण्डौको एभरेष्ट ईन्जिनियरिङ कन्सल्टेन्ट, मुनलाईट सिभिल सोलुसन र ईलाईट सिभिल डिजाईन कन्सलेन्टले गत असोज महिनादेखि मात्रै काम थाल्दा समयमै नसकिएको हो । अव दुई महिनाको म्याद थप्ने तयारी भईरहेको छ । 

६ महिनाको समय सीमा लिएर डिजाईन सर्वेको कामको जिम्मा पाएको परामर्शदाता कम्पनीले त्यसको प्रतिवेदन वुझाउने समयमा आएर सर्वेको काम सुरु गरेपछि समयमै काम नसकिएको हो । सुदुरपश्चिम प्रदेशका दुई जिल्ला कैलाली र कञ्चनपुरका पुराना सदरमुकामलाई नयाँ शहरका रुपमा विकास गर्नका लागि गर्नुपर्ने डिजाईन सर्वेको काम वैशाखमै सुरु नगरेको परामर्शदाता कम्पनीले सम्झौता गरेर प्रतिवेदन वुझाउने समय सकिने वेला काम थाल्दा लथालिङ भएको हो । परामर्शदाता कम्पनी काठमाण्डौको एभरेष्ट ईन्जिनियरिङ कन्सल्टेन्ट, मुनलाईट सिभिल सोलुसन र ईलाईट सिभिल डिजाईन कन्सलेन्टले काम सकिने समयमा सुरु गरेकाले काम सकिएको छैन् । परामर्शदाता कम्पनीका एक जना सञ्चालक कृष्ण यादवले जति सक्दो चाँडो काम सम्पन्न गराउने गरी लागिरहेको दावी गरे । 

परामर्शदाता कम्पनीले वैशाख भएको सम्झौताको मितिदेखि लागु हुने गरी ६ महिनाभित्र आफ्नो काम सम्पन्न गरेर नयाँ सडक आयोजनालाई त्यसको प्रतिवेदन वुझाउने सम्झौता गरेको  थियो । तर दिईएको समय सकिदा पनि काम नसकिदा पनि दुवै नगरपालिका जनप्रतिनिधिले सहयोग नगरेको नयाँ शहर आयोजनाले जनाएको छ । ढिलो गरी स्थलगत अध्ययनको काम थालिएकोमा त्यसमा जन प्रतिनिधिहरुकै असहयोगले समयमै काम नसकिएको नयाँ शहर आयोजनाका प्रमुख पराग कायस्थले जानकारी दिए । डिजाईन सर्वेको काम सम्पन्न गर्ने समयमा नसकिने भएपछि परामर्शदाता कम्पनीको दुई महिना समय थप्ने तयारी नयाँ शहर आयोजनाले गरिरहेको छ । पुस मसान्तसम्ममा काम सम्पन्न गर्ने गरी पटक पटक ताकेता गरिरहेको र त्यसपछि म्यान नथप्ने नयाँ शहर आयोजनाका प्रमुख कायस्थको दावी रहेको छ । 
 

कमेन्ट लोड गर्नुस