सुदूर नेपाललाई विश्वसँग जोड्दै

दार्चुलामा बलात्कारको मुद्दामा सहचालक दोषी ठहर, चालक निर्दोष

२०७८ साउन १२, ०२:३७ खबर संवाददाता

धनगढी : दार्चुला जिल्ला अदालतले बलात्कारको मुद्दाका अभियुक्त गाडी चालक र सहचालकमध्ये एक जनालाई दोषी र अर्कोलाई निर्दोष ठहर गरेको छ।

सोमबार जिल्ला अदालत दार्चुलाका न्यायाधीश लोकजंग शाहको एकल इजलासले १९ वर्षीय सहचालक सन्तोष महरलाई दोषी ठहर गरेको हो भने २७ वर्षीय चालक सुरेश बिष्टलाई उन्मुक्ति दिएको हो। दोषी ठहर भएका महरको सजाय निर्धारण भने बाँकी रहेको जिल्ला अदालत दार्चुलाले जनाएको हो। 

०७७ माघमा १४ वर्षकी किशोरीलाई दिनभरि गाडीमा घुमाएर राति गाडी चालकको डेरामा लगी चालक र सहचालकले पालैपालो बलात्कार गरेको भन्दै मुद्धा दर्ता भएको थियो। बयानमा चालह र सहचालक दुबैले किशोरीसंग यौन सम्पर्क राखेको स्वीकार गरेपनि सहचालक मात्रै दोषी ठहर भएका हुन्। 
 
 

कमेन्ट लोड गर्नुस