सुदूर नेपाललाई विश्वसँग जोड्दै

दार्चुलाको महाकाली नदि किनारमा एक महिलाको शव फेला

फाइल फोटो
फाइल फोटो
२०७८ साउन १२, ०२:३१ खबर संवाददाता

धनगढीः दार्चुलाको महाकाली नदी किनारमा एक महिलाको शव फेला परेको छ। जिल्लाको महाकाली नगरपालिका वडा नम्बर ५ गल्फैमा एक महिलाको शव फेला परेको हो। 

मंगलवार मध्यान्ह १२ बजेतिर अन्दाजी ३०÷३५ वर्षीया एक महिलाको शव फेला परेको जिल्ला प्रहरी कार्यालय दार्चुलाले जनाएको छ। 

गस्तीमा खटिएको प्रहरी टोलीले नदी किनारमा महिलाको शव देखेको थियो। अहिले प्रहरी निरीक्षक पुस्कर सिंह ऐरीको नेतृत्वमा टोली परिचालन भई घटनास्थल मुचुल्का तयार गरी शव पोस्टमार्टमको लागि जिल्ला अस्पताल पठाउने तयारी भइरहेको छ। शवको पहिचान खुलेको छैन्। 

कमेन्ट लोड गर्नुस