सुदूर नेपाललाई विश्वसँग जोड्दै

१३ वर्षीया निसियाले ओलम्पिकमा जितिन् स्वर्ण पदक, बनिन् जापानकै कान्छी स्वर्णधारी

२०७८ साउन ११, ०६:४७ खबर संवाददाता

एजेन्सी : जापानकी स्केटबोर्डर निसिया मोमोजीले टोक्यो ओलम्पिकको स्ट्रिट स्केटबोर्डिङ प्रतियोगितामा स्वर्ण पदक हात पारेकी छिन्।

यससँगै उनी ओलम्पिक इतिहासकै सबैभन्दा कम उमेरको दोस्रो स्वर्णधारी बनेकी छिन्। उनी जापानकै सबैभन्दा कम उमेरको ओलम्पिक स्वर्णधारी पनि बनिन्।

यसअघि सन् १९३६ को बर्लिन गेम्समा १३ वर्षकै उमेरमा अमेरिकाकी मार्जोरी गेस्ट्रिङले स्वर्ण हात पारेकी थिइन्। उनले स्वर्ण जित्दा उनी निसियाभन्दा एक महिना कान्छी थिइन्। आइतबार जापानका स्केटर युतो होरिजोमले पहिलो स्वर्ण दिलाएको भोलिपल्ट नै निसियाले स्वर्ण हात पारेकी हुन्।

गत शुक्रबारदेखि जापानको राजधानी टोक्योमा ओलम्पिक प्रतियोगिता जारी छ। क्योदो न्युज

कमेन्ट लोड गर्नुस