सुदूर नेपाललाई विश्वसँग जोड्दै

बझाङमा अज्ञात समूहद्वारा सहकारी संस्थाको जीपमा आगजनी

२०७८ साउन ११, ०३:३० खबर संवाददाता

बझाङ: बझाङमा अज्ञात समूहले सहकारी संस्थाको जीपमा आगजनी गरेको छ। 

आइतबार राति जयपृथ्वी नगरपालिका -६ नौरामा रहेको आमधारा नौरा कृषि सहकारी संस्थाको जीपमा अज्ञात समूहले आगजनी गरेको वडाध्यक्ष नरेन्द्र सिंहले बताए। 

गाउँमै पार्किङ गरी राखेको म१च ७८३  नम्बरको जीपको अगाडीको सिसा फूटाएर पार्किङ गरेको ठाँउबाट २० मिटर अगाडी ल्याएर आगजानी गरिएको उनले बताए। 

जीपमा आगजानी कसले गरेको हो भन्ने बारेमा अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय बझाङका प्रमुख प्रहरी नायव उपरीक्षक रुपक खडकाले बताए। 
 

कमेन्ट लोड गर्नुस