सुदूर नेपाललाई विश्वसँग जोड्दै

धनगढीका रोस्याराद्धारा एनआरएनए युएइको उपाध्यक्षमा उम्मेदवारी घोषणा

२०७८ साउन ११, ०३:१६

धनगढी : एनआरएए युएइको उपाध्यक्षमा राजेन्द्र रोस्याराले उम्मेदवारी दिने भएका छन्। वैदेशिक रोजगारीको सिलसिलामा १३ वर्ष अगाडि धनगढीबाट युएई पुगेका रोस्यारा उत्तरी इमिरेट्सको नेपाली समुदायमा सामाजिक अभियन्ताको रूपमा परिचित छन्।

सामान्य रोजगारी गर्न युएई पुगेका उनी रेस्टुरेन्टको क्षेत्रमा लगानी गरेर व्यावसायिक अनुभव संगाालेका युवा हुन्यु। गैर आवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद युएइको आसन्न कार्यकालको लागि रोस्याराले उपाध्यक्ष पदमा आफ्नो दावेदारीको घोषणा गर्दै आफ्नो जित सुनिश्चित भएको दाबी गरे। 

सन् २०१३ देखि २०१७ सम्म दुई कार्यकाल एनआरएनए राक क्षेत्रको अध्यक्षको जिम्मेवार सम्हालेका थिए। उनी विभिन्न संस्थाहरुमा सल्लाहकारका रूपमा विगतदेखि हालसम्म पनि कार्यरत छन्। रोस्यारा आवद्ध संस्थाहरुमा इनास राक, सुदूरपश्चिम सेवा समाज, नेपाली समाज राक, जनप्रगतिशील मञ्च राक, एनआरएनए राक, नेप्लिज एसोसिएसन राक हुन्।

कमेन्ट लोड गर्नुस