सुदूर नेपाललाई विश्वसँग जोड्दै

जसपा विवादः निर्वाचन आयोगमा नेताहरुको लस्कर, ‘हेड काउन्ट’ शुरु

आजै निर्णय आउने

२०७८ साउन ११, १२:२३ खबर संवाददाता

धनगढीः जनता समाजवादी पार्टी (जसपा)को पार्टी आधिकारिकता विवादमा बहुमत परीक्षण (हेड काउन्ट)का लागि जसपाका कार्यकारिणी सदस्यहरु निर्वाचन आयोग पुगेका छन्।

आधिकारिकतासम्बन्धी विवादमा ५१ सदस्यीय कार्यकारिणी समितिका सदस्यलाई हेड काउन्टका लागि आयोगले बोलाएपछि नेताहरु भर्खरै आयोग कार्यालय पुगेका हुन्। अहिले कार्यकारिणी समिति सदस्यहरुको सनाखत शुरु भएको छ।

सनाखतका लागि दावीकर्ता उपेन्द्र यादवपक्ष र जवाफकर्ता महन्थ ठाकुर पक्षलाई अलग–अलग स्थान तोकिएको छ। सदस्यहरुले तोकिएको स्थानमा गई त्यहाँ राखिएको पुस्तिकामा हस्ताक्षर गर्नेछन्।

सनाखतका लागि जसपा अध्यक्ष यादवसहितका नेताहरु पुगिसकेका छन्। त्यस्तै,अर्का अध्यक्ष महन्थ ठाकुर पक्षमा रहेका मनिष सुमन, उमाशंकर अरगरिया लगायतका नेताहरु पनि निर्वाचन आयोग परिसरमा देखिएका छन्। जसपाको आधिकारिकतासम्बन्धी विवादमा आजै निर्णय आउन सक्छ।

कमेन्ट लोड गर्नुस