सुदूर नेपाललाई विश्वसँग जोड्दै

बिहे अगाडि बेहुला बेहुलीमाथि रुखमा बाँधेर कुहिएका गोलभेडा र अण्डाले हानियो

२०७८ साउन ११, ०७:४७ खबर संवाददाता

एजेन्सी: एउटा यस्तो अनौठो परम्परा रहेको देश हो स्कटल्याण्ड, जहाँ बिहे अगाडि बेहुला बेहुलीमाथि कुहिएका गोलभेडा, अण्डा, माछालगायतका फोहोर र दुर्गन्धित चिजहरु फ्याँकिन्छ।

स्कटल्याण्डको ग्लास्गोलगायतका कतिपय क्षेत्रमा प्रचलित यो परम्परा बिहे संस्कारअनुसार बेहुला बेहुलीलाई बिहेभन्दा अगाडि एउटा रुखमा बाँधिन्छ। त्यसपछि उनीहरुको शरीरमाथि चकलेटको सिरप, दूध, पिठो, कुहिएका अण्डा, टमाटर तथा माछालगायतका वस्तुहरु खन्याइन्छ।

बेहुला बेहुलीलाई बिहे अगाडि यसरी बाँधेर दुर्गन्धित वस्तुले हिर्काएमा उनीहरुलाई खराब शक्तिबाट बचाउन सकिने विश्वास रहिआएको छ। द ब्लाकेनिंग भनिने यो परम्परा पछिल्लो समयमा युवाहरुमाझ लोकप्रिय बन्दै गएको छ।

कमेन्ट लोड गर्नुस