सुदूर नेपाललाई विश्वसँग जोड्दै

दार्चुलाको महाकाली नगरपालिकाका प्रवक्ताले दिए राजीनामा

२०७८ साउन ११, ०७:२७ खबर संवाददाता

धनगढी: दार्चुलाको महाकाली नगरपालिकाका प्रवक्ताले राजीनामा दिएका छन्।

नगरपालिकाको वडा नम्बर ४ का अध्यक्ष एवम् नगर प्रवक्ता पुष्कर राज जोशीले राजीनामा दिएका हुन्। सामाजिक विकास समितिका संयोजक समेत रहेका उनले संयोजक र नगर प्रवक्ता दुवै पदबाट राजीनामा दिएको बताइएको छ।

राजीनामा दिनुको कारण नखुलाएका वडाध्यक्ष जोशीले आइतबार राजीनामा पत्र नगर प्रमुख हंसराज भट्ट सामु बुझाएको बताएका छन्। 

कमेन्ट लोड गर्नुस