मन्त्री र पार्टीबाट बर्खास्त सोडारीको सांसद पद के हुन्छ ?
सुदूरपश्चिम प्रदेशका पुर्व सामाजिक विकास मन्त्री दीर्घ सोडारीलाई नेकपा पार्टीले पार्टीको साधारण सदस्य समेत नरहने गरी निष्कासित गरेपछि उनको प्रदेश सभा सदस्य पद के हुन्छ भन्ने प्रश्न उठेको छ। सामाजिक मन्त्रीबाट हटाई लगत्तै उनलाई पार्टीको साधारण सदस्य पनि नरहने गरी हटाईएपछि उनको प्रदेश सभा सदस्यको पद के हुन्छ भन्ने चासो वढेको छ।
नेपालको संविधानको धारा १८० मा कुन अवस्थामा प्रदेश सभाको सदस्य रिक्त हुने भनिएकोमा धारा १८० को उपधारा (ङ) मा भनिएको छ,– जुन दलको उम्मेदवार भई सदस्य निर्वाचित भएको हो त्यसै दलले संघीय कानून बमोजिम निजले दल त्याग गरेको कुरा सूचित गरेमा । यो दफाले त्याग गरेको कुरालाई उल्लेख गरेपनि निष्कासनको बिषयमा केही बोलेको छैन। दलले निष्कासन गरेमा के हुने उल्लेख नभएपछि धारा १८१ ले सर्वाेच्च अदालतको संवैधानिक ईजलासले निर्णय गर्ने उल्लेख गरिएको छ ।
अब सुदूरपश्चिम प्रदेशका पुर्व सामाजिक विकास मन्त्री दीर्घबहादुर सोडारीको सर्वाेच्च अदालतको संवैधानिक ईजलासले खारेज नगरेसम्म प्रदेश सभा सदस्यको पद यथावत रहने प्रदेश सभा सचिवालयका कानून अधिकृत तेजप्रकाश जोशीले बताए। तर सोडारीको नाममा मुद्धा परेमा भने उनको पद खारेज हुन सक्ने कानुनी व्यवस्था छ।