देश, सपना अनि सेतो बाकस (कविता)
गएको थियो उ धन कमाउन भनी थुप्रै सपना बोकेर
परिवार जनका इच्छा पूरा गर्न तर आफ्नो इच्छा रोकेर
गथ्र्याे फोनमा बात उसले छ यहाँ कान्ति, सुख सयल
पसिना बगाउदै, सुख छ भन्दै सब जनसँग भो गयल
काढ्या थियो ऋण सय कडा ३ को साहु महाझन सित
कठै यो बज्र अचानक पर्यो यहि हो त संसारको रित ?
भन्थ्यो जाने बेला पिर छैन पियारी बसे है ३ वटा बर्ष
ल्याउछु, कमाउछु, जोड्ने छु ऐश्वर्य कति होला उसपछि हर्ष
घाम तातो, हुँदै थियो उ रातो पठाउथ्यो बेतन घरमा
बुवा, आमा, जहान, सन्तती बाच्या थिए उसकै भरमा
पठाउथ्यो फोटो सालिन कामको गथ्र्यो उ मजदुरी
देशको दुःख सम्झिदा उसको हुन्थ्यो मन कुरी–कुरी
लाग्यो उसलाई अचानक बज्र पर्यो त्यहि छातिमा
सपना कति बुन्या थियो कठै सबै उडे त्यही रातिमा
उता जहान कुर्दैथिए बेतन आज आउने कि भोलि
के थाहा ती अवोध जनलाई लागिसक्यो मुटुमा गोली
जहान सँगै धान्दै थियो उसले देशको गार्हस्थ कूल
निमेक भरमा फुत्तै निभ्यो दियो देशको ढुकुटी मूल
पाए खबर बाआमा, जहान दौडे सब सरी चरी
आयो उ सेतो बाकसमा सुतेर कहिल्यै न उठ्ने गरी
आयो चिलगाडी बोकेर बाकस बन्द गरी उसको सपना
रुदै मुर्छा पर्दै भक्कानिन्छिन जहान यो निद्रा हो कि जपना
यता नेताको टाउको गन्ती, हुँदै छ भाग र बन्डा
बालखा उसका कुर्या छन् कठै पर्यो भाग्यमा डन्डा
–सरोज दाहाल, बैतेश्वोर–०४, दोलखा