सुदूर नेपाललाई विश्वसँग जोड्दै

फुटबलका मुख्य प्रशिक्षक अल्मुताइरीद्वारा राजीनामा

२०७८ साउन १०, ०१:१६ खबर संवाददाता

काठमाडौं: नेपाली फुटबलका मुख्य प्रशिक्षक अब्दुल्ला अल्मुताइरीले राजीनामा दिएको घोषणा गरेका छन्।

उनले एन्फाका वरिष्ठ उपाध्यक्ष पंकज विक्रम नेम्वाङका कारण राजीनामा दिन लागेको बताएका छन्। यसको जानकारी उनले फेसबुकमार्फत् दिएका छन्।

कुबेती प्रो–लाइसेन्स प्राप्त अलमुताइरी गत २०७७ सालको चैत महिनामा नेपालको मुख्य प्रशिक्षक नियुक्त भएका थिए।

कमेन्ट लोड गर्नुस